• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

इजरायली लडाकु विमानद्वारा गाजामा थप आक्रमण


  •   सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
  • गाजासिटी । इजरायली लडाकु विमानहरूले सोमबार बिहानै गाजा सहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ ।

    Advertisement

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने सङ्केत गरेसँगै हवाइ आक्रमण सुरु भएको हो ।

    करिब १० मिनेटको अन्तरालमा गाजा सहरका उत्तरदेखि दक्षिणसम्मका विभिन्न स्थानमा भिषण हमला भएका थिए । अघिल्लो दिनभन्दा पछिल्लो पटक भएका आक्रमण ठुलो क्षेत्रमा फैलिएका छन् । हवाइ हमलामा अघिल्लो एकैदिन ४२ जना प्यालेस्टिनीको मृत्यु भएको थियो ।

    इजरायली सेनाले गाजास्थित नौ जना हमास कमान्डरका घरलाई लक्षित गरी हवाइ आक्रमण गरिएको जनाएको छ । सोमबार बिहानै भएका पछिल्लो आक्रमणबाट कोही घाइते भए वा नभएको बारेमा स्पष्ट भइसकेको छैन ।

    आइतबार टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले इजरायलले पूर्ण क्षमताका साथ हमास लडाकु विरुद्ध आक्रमण जारी राखेको बताउँदै यस आक्रमणमा अझै केही समय लाग्ने बताउनुभएको थियो । उहाँले हमासका विद्रोही समूहले ठुलो मूल्य चुकाउनुपर्ने बताउनुभएको थियो ।

    हमासका विद्रोहीले पनि इजरायलमाथि दबाब कायमै राखेको छ । गाजा सहरका बस्तीबाट हमासका लडाकुले इजरायलमाथि दिनहुँ क्षेप्यास्त्र आक्रमण गरिरहेका छन् ।

    यसअघि २०१४ मा हमास र इजरायलबीच भिषण युद्ध भएको थियो । तर यस पटकको विनास २०१४ को भन्दा विनासकारी रहेको दुबै युद्ध देखेका गाजामा आपतकालीन सेवामा सक्रिय समिर अलखातिबले बताउनुभयो ।

    हमासले यसअघि गत सोमबार जेरुसेलममाथि क्षेप्यास्त्र प्रहार गर्न सुरु गरेको थियो, जसका कारण इजरायलले गाजामाथि भिषण कारबाही थालेको हो ।

    गाजामा भएका सयौँ हवाइ आक्रमणबाट हालसम्म कम्तीमा १८८ जना प्यालेस्टिनीको ज्यान गइसकेको छ, जसमा ५५ जना बालबालिका र ३३ जना महिला छन् । आक्रमणबाट एक हजार २३० जना घाइते भएका छन् । गाजाबाट इजरायलतर्फ प्रहार गरिएका तीन हजारभन्दा बढी क्षेप्यास्त्रबाट हालसम्म आठ जनाको मृत्यु भएको छ ।

    हमास र इस्लामिक जिहाद विद्रोही समूहले आफ्नातर्फ २० जना लडाकु मारिएको स्वीकार गरेका छन् तर इजरायली सेनाले यो भन्दा अझ ठुलो स्ख्यामा लडाकु मारिएको जनाएको छ ।

    पछिल्ला आक्रमणबाट जोगिन झन्डै ३४ हजार प्यालेस्टिनीले आफ्ना घर छाडेका राष्ट्रसङ्घीय कूटनीतिज्ञ टोर वेनेसल्यान्डले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई जानकारी गराउनुभएको छ ।

    इजरायलमाथि दबाब दिने उद्देश्यले राष्ट्रसङ्घ सुरक्षा परिषद्बाट वक्तव्य जारी गर्ने चीन, नर्वे र ट्युनिसियाको प्रयासलाई संयुक्त राज्य अमेरिकाले रोकिदिएको छ । तर अमेरिकाले इजरायली आक्रमणप्रति चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेको छ, तर सँगै इजरायलले आफ्नो सम्प्रभु र आत्मरक्षा गर्न पाउने अधिकार रहेको जनाएको छ ।

    प्यालेस्टिनी विदेशमन्त्री रियाद अलमलिकीले सुरक्षा परिषद्समक्ष इजरायली आक्रमण रोक्नेतर्फ तत्काल पहल गरिदिन आग्रह गर्नुभएको छ । तर राष्ट्रसङ्घका लागि इजरायली राजदूत जिलाड एर्डानले राष्ट्रसङ्घसमक्ष इजरायल विरुद्ध आक्रमण रोक्न हमासलाई दबाब दिन आग्रह गर्नुभएको छ । (रासस–एपी)

    सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

    • २.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • ३.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ४.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ५.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ६.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ७.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ८.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.