पोखरा । अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ । पोखराको मेडिप्लस अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्य अवस्था राम्रो हुँदै गएको युवक संघका केन्द्रीय सदस्य विक्रम थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार शुक्रबार बिहान घिमिरेको अक्सिजन लेभल ९३/९४ छ । निमोनियाको समस्या पनि धेरै कम भएको छ । उहाँलाई खाना रुची हुन थालेको र सामान्य कुराकानी गर्नसक्ने थापाले जानकारी दिनुभयो ।
घिमिरेलाई हिजो आईसीयूमा सारिएको थियो । चिकित्सकले २४ सै घण्टा अक्सिजनलगायतको निगरानी गर्नुपर्ने भएकाले आईसीयूमा सारिएको थापाले बताउनुभयो । घिमिरेको उपचार डा. बुद्धिसागर लामिछाने नेतृत्वको टिमले गरिरहेको छ । उहाँको आज (शुक्रबार) पुनः स्वाव लिइएको छ ।
केही दिन अघिदेखि अस्वस्थ भएका घिमिरेलाई गएको शनिबार पाल्पाबाट पोखरा लगिएको हो । कोरोना संक्रमणका कारण स्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार पाल्पाको मिसन अस्पताल भर्ना गरिएकोमा त्यहाँ उपचारको पर्याप्त सुविधा नभएपछि पोखरा लगिएको थियो ।
यो पनिः युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे मेडिप्लस अस्पताल भर्ना