पोखरा । अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे अस्वस्थ भएपछि पोखराको मेडिप्लस अस्पताल भर्ना हुनुभएको छ । घिमिरेलाई शनिबार राति पाल्पाबाट पोखरा लगिएको हो ।
कोरोना संक्रमणका कारण स्वासप्रश्वासमा समस्या देखिएपछि हिजो उहाँलाई पाल्पाको मिसन अस्पताल भर्ना गरिएको थियो । तर, त्यहाँ भेन्टिलेटर लगायतको अभावका कारण पोखरा रिफर गरिएको अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश अध्यक्ष विक्रम थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार उहाँलाई राति १ बजे मेडिप्लस ल्याइएको थियो । निमोनियाको समस्या भएका कारण उहाँलाई कुनै पनि बेला भेन्टिलेटरको आवश्यकता पर्नसक्ने डाक्टरको सल्लाह अनुसार पोखरा ल्याइएको हो ।
घिमिरेलाई अहिले अक्सिजन दिएर राखिएको छ । ल्याव परीक्षणको थप रिपोर्ट आउन बाँकी छ ।
केही दिन अघिदेखि कोरोना संक्रमित भएर घरमै आइसोलेसनमा बस्नुभएका अध्यक्ष घिमिरे स्वास प्रश्वासमा समस्या देखिएपछि पाल्पा मिसन अस्पताल भर्ना हुनुभएको थियो ।
