काठमाडौं । इजरायमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ४४ जनाको ज्यान गएको छ । उत्तरी इजरेलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका र त्यहाँ भागदौड मच्चिएको बीबीसीले जनाएको छ ।
Advertisement
आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन् । तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरूले बताएका छन् ।
वार्षिक हुने उक्त पर्व गत वर्ष भने कोरोनाभाइरस महामारीका कारण रोकिएको थियो। यसपालि पनि धेरै भिडले गर्दा थप महामारी हुने हो कि भन्ने चिन्ताहरू व्यक्त गरिएको थियो ।