• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अखिल नेपाल शिक्षक संघ ढोरपाटनको भेला


  •   शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
  • ईन्द्रमणी पाण्डे, बागलुङ ।
    अखिल नेपाल शिक्षक संघ बागलुङ अन्तर्गत ढोरपाटन नगर समितिको भेला शनिबार सम्पन्न भएको छ । यही वैशाख १७ र १८ गते हुन गइरहेको जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नगर भेला आयोजना गरिएको हो ।

    Advertisement

    भेलाको उद्घाटन अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्रदत्त ढकालले ब्यानर पढेर गर्नु भएको थियो । सो अवशरमा बोल्दै अध्यक्ष ढकालले जतिसुकै राजनीतिक तथा सामाजिक परिवर्तन आएपनि शिक्षकहरुको अवस्थामा परिवर्तन नआएको बताउनुभयो । शिक्षकहरु आफ्नो हक हित र अधिकारको साथै शैक्षिक सुधारको आन्दोलनमा लाग्न आग्रह गर्नु भयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका वैकल्पिक केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, अखिल नेपाल शिक्षक संघ बागलुङका सचिव पुष्कर सापकोटा, राजमो ढोरपाटन नगर समितिका अध्यक्ष दिपक थापा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    अखिल नेपाल शिक्षक संघ ढोरपाटन नगर अध्यक्ष टीकाबहादुर पुनको अध्यक्षतामा सुरु भएको पहिलो चरणको कार्यक्रममा संघका बागलुङ जिल्ला उपाध्यक्ष दुर्गाबहादुर भण्डारी, जनजाति सम्मेलनका ओम बुढा लगायतको अतिथ्यता रहेको थियो भने धनबहादुर महतले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन देवेन्द्र घर्तीले गर्नुभएको थियो ।

    दोस्रो चरणको कार्यक्रम केशव सापकोटा, नन्दराम गौतम र खुमाकुमारी पाण्डेको अध्यक्षमण्डलबाट अगाडि बढेको थियो । कार्यक्रममा नगरस्तरीय शैक्षिक गतिविधी तथा संगठनको अवस्थाको वारेमा रिपोर्टिङ गरिएको थियो ।

    भेलाले पदम छन्त्यालको अध्यक्षतामा १३ पूर्ण ६ सल्लाहकार गरि १९ सदस्यीय अखिल नेपाल शिक्षक संघ ढोरपाटन नगरपालिकाको समिति निर्वाचित गरेको छ । जसको अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सुनमाया घर्ती मगर, चकबहादुर अदै, जुनिला घर्ती र धनबहादुर महत रहनुभएको छ ।

    सदस्यहरुमा बिनिता खरेल, बेगबहादुर छन्त्याल, सत्यजित चौधरी, तुलबहादुर कुमाई, देबेन्द्र घर्ती, खममाया अदै, खुमा कुमारी पाण्डे, प्रेमलाल अर्गेजा रहनु भएको छ । यस्तै, सल्लाहकारमा दुर्गा भण्डारी, टीकाबहादुर पुन, नन्दराम गौतम, दीपककुमार छन्त्याल, लोकेन्द्र सुनार र केसव सापकोटा रहनु भएको छ ।

    नवनिर्वाचित समितिलाई गौरीश्वर पाण्डे, मित्रदत्त ढकाल, पुष्कर सापकोटा, रिमा कुमारी छन्त्याल, ओम वुढा लगायतले बधाई दिनुभएको थियो ।

    शिक्षक संघ बागलुङको चौथो जिल्ला सम्मेलन ‘सम्पूर्ण शिक्षक कर्मचारी एक होऔं, शैक्षिक तदर्थवादको विरुद्ध संघर्ष गरौं, शैक्षिक गुणस्तर तथा पेसागत अधिकारको लागि संघर्ष गरौं’ भन्ने मूल नाराको साथ यही वैशाख १७ र १८ गते बुर्तिबाङ बजारमा हुँदै छ । यसको तयारी स्वरुप जिल्लाको विभिन्न पालिकाहरुमा शिक्षकहरु बिच भेटघाट, अन्तरक्रिया तथा सङ्गठन निर्माण कार्य तिब्र रुपमा चलेको शिक्षक संघ बागलुङले जनाएको छ ।

    शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.