• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

सिंहदरबारको रत्यौली देशका आठ ठाउँमा पुग्यो : केसी


  •   मङ्गलबार, चैत २४, २०७७ मा प्रकाशित
  • श्यामलाल पोख्रले, बुटवल ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण सिंहदरबारभित्रको किनबेच अहिले देशका आठ ठाउँमा पुगेको बताउनुभएको छ ।  नयाँ बानेश्वरको संसद भवनभित्र चल्ने रत्यौली अहिले धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर हेटौँडा, र विराटनगर पुगेको बताउनुभएको छ ।

    Advertisement

    मंगलबार बुटवलमा राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले लेनिनको शब्द सापटी लिँदै संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’ को संज्ञा दिनुभयो ।

    ‘म पनि तीन पटक त्यहाँ पुगेँ । त्यो रमिता मैले पनि देखेको छु । आफ्नै पार्टीविरुद्ध अविस्वासको प्रस्ताव, सांसद किनबेच, भ्रष्टाचार’ केसीले भन्नु्यो, ‘अहिले त देशमा संघीयता आएको छ । सिंह दरबार भित्रको त्यो रमिता, त्यो रत्यौली अहिले आठ ठाउँमा पुगेको छ ।’

    अध्यक्ष केसीले नेपालमा दलहरुको आन्तरिक झगडाका कारण बारम्बार जनतालाई दुःख दिने गरेको बताउनुभयो । सत्तासिन दल र केही नेताहरुको झगडाका कारण त्यही संसदमाथि पनि प्रहार हुने र जनताले बारम्बार दुःख पाउने गरेको केसीले बताउनुभयो । उहाँले २००७ सालदेखि अहिलेसम्म पनि त्यो प्रवृति कायमै रहेको जिकीर गर्नुभयो ।

    २००७ सालमा राणालाई हटाएर आएको सिमित प्रजातन्त्र पनि दलहरुकै आन्तरिक झगडाका कारण टिक्न नसकेको, दलहरुले संविधान सभा त्यागेको र सत्ता फेरि निरंकुश राजाको हातमा पुगेको उहाँले बताउनुभयो ।

    ‘२०१५ सालमा राजा महेन्द्रलाई कांग्रेसले दुई तिहाई ल्याउँछ भन्ने थिएन । तर, कांग्रेसले दुई तिहाई ल्याएपछि राजाले १८ महिना पनि बहुदलीय व्यवस्था चल्न दिएनन् । ३० वर्षसम्म पञ्चायती व्यवस्थाले दुःख दियो’ केसीले भन्नुभयो, ‘२०४८ सालमा कांग्रेसले बहुमत ल्यायो तर, कांग्रेसले आफ्नै पार्टीभित्रको झगडा समाधान गर्न नसकेर संसद विघटन गर्यो। त्यसवापत जनताले २०५१ सालको चुनावमा जनताले कांग्रेसलाई सानो पार्टी बनाइदिए । एमाले ठूलो पार्टी त भयो तर कमजोर। त्यसको परिणाम जनतालाई ३० वर्षसम्म लुटेका पूर्वपञ्चहरु पालो गरी गरी फेरि सत्तामा आए ।’

    केसीले थप्नुभयो, ‘२०५६ सालको चुुनावमा पनि कांग्रेसले बहुमत ल्यायो तर फेरि पनि कांग्रेसकै झगडाका कारण २०५९ सालमा संसद लगेर राजालाई बुझाउने काम भयो । जनताले फेरि दुःख पाए ।’
    उहाँले यसअघिको संविधानमा प्रधानमन्त्रीले चाहे संसद विघटन गर्ने अधिकार भए पनि २०७२ सालमा निर्मित संविधानले प्रधानमन्त्रीलाई त्यो अधिकार नदिएको जिकिर गर्नुभयो । तर पूर्वनेकपाको घरझगडाका कारण प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेर जनतालाई दुःख दिएको केसीले बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो ।

    ‘बारम्बार देशमा अस्थिरता, सांसदहरुको खरिदबिक्री, बेमौसममा चुनाव गराएर जनतामाथिको आर्थिक भार पार्ने जस्ता प्रवृति रोक्न बर्तमान संविधानमा केही व्यवस्था गरिएको छ। दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था पनि गरिएको छ’ उहाँले भन्नुभयो, ‘तर प्रधानमन्त्री ओलीले आफ्नो घर झगडा मिलाउन नसकेर फेरि संसद विघटन गरिदिए । सर्वोच्च अदालतले संसद पुनर्स्थना गरेपछि उनले राजीनामा दिनुपर्ने थियो ।

    मङ्गलबार, चैत २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
    ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम
    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने
    अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त
    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • २.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • ३.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • ४.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ५.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • ६.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ७.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ८.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.