टेकराज भुसाल,अर्घाखाँची।
भुमिकास्थानको ढाकावाङ्गमा सम्पन्न प्रथम पिपलनेटा भलिबल प्रतियोगिताको उपाधि अखिल नेपाल खेलकुद महासंघले हात पारेको छ। सन्धिखर्क १२ को टिमलाई ३–१ सेटमा हराउदै खेलकुद महासंघले उपाधि हात पारेको हो।
Advertisement
उपाधी सँगै खेलकुद महासंघले नगद रु ५१ हजार, शिल्ड, मेडल र प्रमाणपत्र सहित पुरस्कृत भएको छ। उपविजेता सनपा–१२ ले नगद रु ३१ हजार, शिल्ड, मेडल र प्रमाणपत्रमा र तृतीय आयोजक पिपलनेटा बजार व्यवस्थापन समितिले नगद रु २१ हजार शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
भुमिकास्थान १ ढाकावाङ्गमा स्थित विश्व माध्यमिक बिद्यालयको मैदानमा भएको चैत १३ देखि १५ गतेसम्म चलेको प्रतियोगितामा १८ टिमको सहभागीता रहेको थियो ।