मानिसहरु समथर बाटो हिँडिरहँदा
म डाँडापाखाहरुमा हिँडिरहेको हुन्छु
अरुहरु हाँसिरहेको बेला
म भने यो के भइरहेको छ
गम्भीरतापूर्वक सोचिरहेको हुन्छु
यसकारणमा मलाई यो किन यस्तो ? भन्दछन् ।
अरु करोडौं करोडको गाडी चढेको बेला
म पैदल हिँडिरहेको हुन्छु
अरु खरबौंको आलिसान महलमा बसिरहेको हुँदा
म झुग्गि झुपडीमा हुन्छु
अरुले न्याय कानुनलाई खिल्ली उडाइ रहँदा
म सम्मान गर्दछु
अरु अन्याय अत्याचारको पदमा हुँदा
म न्यायको पथमा हुन्छु
यस मानेमा मलाई यो किन यस्तो ? भन्दछन् ।
अरुले देशको धुकुटी रित्याई रहँदा
म त्यसको घोर विरोध गर्दछु,
अरुहरुले नेपाल आमालाई स्विजरल्यान्डको सपना देखाइ रहँदा
म नेपाल आमा कै सपना देखाउँछु
अरुले दाजुभाइ दिदीबहिनी
आपसमा लडाएर फुटाउँदा
म राष्ट्रिय एकताको पथमा कुँदिरहेको हुन्छु
अरुले जातीय बिग्रहको कुरा गरि रहँदा
म भने सधैँ जातीय समानता
सदभावको पथमा हुन्छु
यस मानेमा यो किन यस्तो ? भन्दछन् सबैले ।
अरु सत्ता र कुर्चिको निमित्त मरिहत्ते गर्दा
म सधैँ त्यसको बिपक्षमा उभिरहेको हुन्छु
अरु राष्ट्रिय एकताको बिपक्षमा हुँदा
म राष्ट्रिय एकताको पक्षमा हन्छु
म फरक बाटो कुँदिरहेको कारण
यस मानेमा यो किन यस्तो ? भन्दछन् सबैले ।
अरुहरु सत्तामा फोहोरी खेल खेलिरहँदा
म सधैँ जनता माझ हुने गर्दछु
बजार मूल्य बढी रहँदा
त्यति बेला पनि म जनतासँग हुन्छु
अरुहरुले नेपाल आमालाई टुक्राटुक्रा पारि खाने
षड्यन्त्रको ‘महा’ जाल बुनिरहँदा
म सधैँ त्यसको बिपक्षमा हुन्छु
अरुहरु शहिदको सपनाको बिपक्ष हुँदा
म भने तिनै महान शहिदले
देखाएको बाटोमा हिँडिरहेको हुन्छु
यस मानेमा यो किन यस्तो ? भन्दछन् सबैले ।
अरुहरुले देशको नदीनाला, सम्पती बेचिरहँदा
म त्यसको बिपक्षमा हुन्छु
अरु देशको सभ्य संकृति फालेर
विदेशी फेसन ‘शो’ भित्र्याई रहँदा
म त्यसको विरोध गरि रहन्छु
अरुहरु विदेशी मालिक ‘प्रभु’ को खुट्टामा
डल्लो परेर ढोगि रहँदा
म भने ती जनताको दुस्मनहरुको छातिमा लात हान्छु
यस मानेमा पनि यो किन यस्तो ? भन्दछन् सबैले ।
(जनक बिसि दक्षिण भारत)