काठमाडौं । म्यान्मारमा जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ । आइतबार देशभरि भएका विरोधप्रदर्शनहरूमा झन्डै ५० जनाको मृत्यु भएको बताइएको छ ।
Advertisement
गत माघ १९ गते सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि आन्दोलन चर्किएको छ । सेना र प्रहरीले प्रदर्शनकारीहरूमाथि गोली प्रहार गरेका थिए। अधिकांश मृत्यु याङ्गुनमा भएको हो ।
नेत्री आङ सान सू चीलाई अदालतमा पेस गर्ने तालिका भएको एक दिनअघि रक्तपात भएको हो । तर आज उनलाई अदालतमा इन्टरनेटको माध्यमबाट पेस गर्ने योजना प्राविधिक कारणले स्थगित भएको बीबीसीले जनाएको छ ।
प्रजातन्त्रवादी आन्दोलनकारीहरूले सू चीसहित अन्य नेताहरूको रिहाइको माग गरेका छन् । सैन्य शासकहरूले उनीविरुद्ध भ्रष्टाचारसहित सहित विभिन्न मुद्दा हालेका छन् ।