काठमाडौं । भाजपा सांसद तीरथ सिंह रावत उत्तराखण्डका नयाँ मुख्यमन्त्री हुने भएका छन् । त्रिवेन्द्र सिंह रावतले मंगलबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि तीरथ सिंह उत्तराखण्डको दशौं मुख्यमन्त्री बन्न लागेका हुन्
Advertisement
बीजेपीमा थुप्रै नामको बारेमा अनुमान लगाइएको भएपनि बुधवार, भाजपा नेतृत्वले तीरथ सिंह रावतको नाममा मोहर लगाएको हो ।
५६ वर्षे रावत उत्तराखण्ड भाजपाको प्रमुख पनि भइसकेका छन्। तीरथ सिंह रावत पौड़ी गढवालका एक लोकसभा सांसद हुन्। बुधबार अपरान्ह ४ बजे देहरादूनमा तीरथ सिंहले मुख्यमन्त्रीको सपथ लिनेछन् ।