काठमाडौं । कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्यमाकुमारी अर्यालले कृषिमलको समस्या सधैँको लागि अन्त्य भएको बताउनुभएको छ । आफूले मन्त्रालय सम्हालेपछि मल अभाव हटेको मन्त्री अर्यालको दाबी छ ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्यामा सधैँको लागि अन्त्य भएको बताउनुभयो । मन्त्रालयले दीर्घकालिन समाधानका लागि मल कारखाना स्थापना गर्ने गरी काम अगाडि बढेको मन्त्री अर्यालको भनाई छ ।
मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनगरी प्रथम चौमासिक अवधीमा ३ लाख मेट्रिक टन मल आपुर्तीको प्रक्रिया यही महिनाबाट सुरु गरिने पनि मन्त्री अर्यालले जानकारी दिनुभयो ,
यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगामी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले उक्त मौज्दातले साउनदेखि असोजसम्मको माग धान्ने मन्त्रालयले जनाएको छ ।