जुना चालिसे, चंडिगढ
अर्थ नपाएको कस्तो हो यो प्यार दिवस।
कैयन् नारी कैयन् पुरुष हुन्छन विवश।।
सबै उस्तै हुन्छन् त भन्न खोज्या हैन मैले ।
एक अर्काको पीडा र दुःख बुझ्न भन्छु पैले ।।
रगतसँग साट्या पैसा उडाएर खाली।
छोराछोरी हुँदा नि अविवाहित बन्ने खाली।।
पुरुषप्रधान समाज छ पुरुषकै राज।
तरपनि महिलाहरु कम छैनन् आज।।
श्रीमानको पैसामाथि ऐस र आराम गर्ने।
के प्रेम भन्नु बरै आफनै स्वार्थ मात्र गर्ने।।
एक दिनको दिवसमा त ज्यादै राम्रो बन्ने।
घरमा भने कलझगडा सधैँ भरि गर्ने।।
कठैवरा! पश्चिमीको नकल गर्ने हामी कस्ता।
यो संसार बदल्नेले मान्छौँ दिवस यस्ता।।
बाबाआमा वृद्धाश्रम सम्झिएर मन रुन्छ।
प्रेम दिवस भन्ने कति विश्वास योग्य हुन्छ?।।
न नारी पीडित हो न पुरुष पीडित समाज।
फालौँ यो संरचना बनाऔँ सभ्य समाज।।
वर्षभर प्रेम रहोस् सधैँ सुखी समाज।
व्यवस्था फेर्ने प्रण गरौँ बन्छ राम्रो समाज।।
महिला, पुरुष दुवैको हिंसा नै रोक्नु पर्छ।
दुःख सुखमा दुवैले सहयोग गर्नु पर्छ।।
अन्त गरौँ पाश्चात संस्कार परिवर्तन खोजौँ।
परिवर्तन भित्रबाट मानवीय प्रेम खोजौँ।