• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

उत्तरी सिरियामा पाँच दिने युद्धविरामको घोषणा


  •   शुक्रबार, कार्तिक ०१, २०७६ मा प्रकाशित
  • एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी सिरियामा भएको अस्थायी युद्धविरामको स्वागत गरेका छन् । उत्तरपूर्वी सिरियामा गत अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र स्थलगत आक्रमणमा परी पाँच सयभन्दा बढी सर्वसाधारण मारिएका छन् । यी सर्वसाधारण प्रायः कुर्द समुदायका छन् ।

    Advertisement

    जारी यस द्वन्द्वका कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएका मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ले जानकारी दिए । यस आक्रमणका क्रममा अमेरिकी नागरिकको एक थोपा रगत पनि नबगेको भन्दै राष्ट्रपति ट्रम्पले सिरियाका सन्दर्भमा आफ्नो रणनीति सफल भएको बताए ।

    यसअघि राष्ट्रपति ट्रम्पले टर्की र कुर्दहरूका लागि यो महान् दिन भएको भन्दै यस आक्रमण स्थगित गर्न सहमति गरेको घोषणाको पनि प्रशंसा गरेका थिए । ‘अहिले पाँच दिनका लागि युद्धविराम भएको छ’, ट्रम्पले संवाददाताहरुसँग भने । उपराष्ट्रपति माइक पेन्सले अङ्काराले आफ्नो सैनिक कारबाही रोक्न सहमति जनाइसकेको बताएका छ तर सम्झौतामा स्वतन्त्र मुलुकको माग गर्दै वर्षौंदेखि सशस्त्र आन्दोलन गरिरहेका कुर्द लडाकूहरुले सिरिया–टर्की सीमा क्षेत्र छाड्नुपर्ने शर्त राखिएको छ ।

    अमेरिकाको टेक्सास शहरमा आयोजित निर्वाचन ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले यो अमेरिकाको लागि महान दिन भएको पनि दाबी गरे । उनको भनाइ थियो– यो टर्कीका लागि महान दिन हो, कुर्दहरुको लागि पनि महान दिन हो र सभ्यताका लागि पनि महान दिन हो ।

    टर्कीले सीमावर्ती सिरियाली भूभागमा भिषण सैन्य कारबाही थालेपछि टर्कीसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स बिहीबार टर्की भनेका थिए । उनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डाेगानलाई उक्त आक्रमण तत्कालै रोक्न आग्रह गरेका थिए । सिरियाली कुर्द लडाकूहरुका विरुद्धमा जारी घातक आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले पनि गम्भीर चासो व्यक्त गरेको छ । त्यस आक्रमणप्रति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले चासो व्यक्त गरेको थियो । बुधबार राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको क्षतिको बारेमा छलफल भएको थियो ।

    बुधबारको सो बैठकमा सुरक्षा परषद्का सदस्य राष्ट्रहरुबीच आक्रमण रोक्नुपर्ने विषयमा आवश्यक परामर्श र छलफल भएको र त्यस विषयमा सहमति पनि भएको बताइएको छ । उक्त बैठकमा भएको छलफलको बारेमा जानकारी दिँदै संयुक्त राष्ट्रसङ्घका लागि दक्षिण अफ्रिकाका स्थायी प्रतिनिधि जेरी मतजिलाले उक्त आक्रमणबाट मानवीय सङ्कट पैदा भएको भन्दै यसबाट उत्पन्न हुन सक्ने परिस्थितिप्रति गहिरो चासो राखेको बताए ।

    इस्लामिक स्टेट्सविरुद्धको लडाइँमा कुर्दहरुसँगै रहेका अमेरिकी सेना फर्काउने राष्ट्रपति ट्रम्पको घोषणालगत्तै टर्कीले त्यस क्षेत्रमा हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो । उत्तरपूर्वी सिरियाको यस इलाका कुर्दिश लडाकूको नियन्त्रणमा रहेको छ ।

    टर्कीले सिरियामा गरेको सो आक्रमणबाट करिब तीन लाख मानिस विस्थापित भएका अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै गरेको छलफलमा उत्तरी सिरियामा यस आक्रमणका कारण मानवीय सङ्कट उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेको थियो ।

    शुक्रबार, कार्तिक ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि
    हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
    चिनियाँ एआईमाथि अमेरिकी आरोप
    राष्ट्रसङ्घको एकासिऔँ महासभा सुरु हुँदै
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
    जापानमा भारी वर्षाको चेतावनी, टोकियोसहित ७ क्षेत्र प्रभावित हुनसक्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.