अबुजा । नाइजेरियाको उत्तर–पश्चिम भागमा पर्ने कुदुना राज्यमा अपरिचित बन्दुकधारीहरूले गरेको आक्रमणमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको छ ।
Advertisement
सरकारद्वारा नियन्त्रित दुई वटा इलाकामा भएको यस आक्रमणमा परी छ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका जनाइएको छ ।
उक्त बन्दुकधारीहरूले चुकुन र गिवा क्षेत्रका केही समुदायमा ठुलो सङ्ख्यामा छापा मारेको राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त समुएल अरुवानले बताएका छन् ।
यस घटनाको अनुसन्धान सुरु भएको अरुवानले बताएका छन् ।
नाइजेरियाको उत्तर–पश्चिम क्षेत्रमा वर्षौदेखि अपहरण र अन्य आपराधिक गतिविधिका घटना हुँदै आएका छन् । (रासस÷सिन्ह्वा)





