• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

शारीरिक रुपमा अशक्त चौधरी दम्पतीको पीडा, ‘हाम्रो त कोही भएन’


  •   बुधबार, पुष २२, २०७७ मा प्रकाशित
  • इन्दु धामी, कञ्चनपुर ।
    रामबहादुर चौधरी र मुन्नी चौधरी शारीरिक रुपमा अशक्त छन्। चौधरी दम्पती जन्मजात अशक्त भने होइनन्। केही वर्ष अगाडि होटेलमा मजदुरी गर्ने क्रममा रामबहादुरको खुट्टाको नसा च्यापियो। उनको समयमै उपचार हुन सकेन। त्यसैले उनी सधैँभरलाई अशक्त भएर बसे।

    Advertisement

    उनकी श्रीमती मुन्नीको हविगत पनि उस्तै छ। अशक्त भएकै कारण चौधरी दम्पतीलाई समाजमा हेला गरिँदै आएको छ। चौधरी दम्पतीका ४ छोरी छन्। कान्छी छोरी विपना पनि अशक्त नै छिन्। आँगनमा खेल्ने क्रममा सानैमा उनको हात भाँचियो। खर्च अभावका कारण उनको उपचार हुन सकेन्।

    ‘उपचार गर्न धनगढी लगेँ, डाक्टरले अप्रेसन गर्नुपर्छ भने, अप्रेसनका लागि चाहिने खर्च म सित थिएन, ऋण खोज्न ढिला भयो’ मुन्नीले पीडा सुनाइन्।

    अस्पतालमै भएका बेला उनकी छोरी विपना कोरोना भाइरसबाट सङ्क्रमित बनिन्। चौधरी दम्पती माथि एक पछि अर्को पीडा थपियो।

    ‘कोरोना रिपोर्ट पोजेटिभ आएपछि डाक्टरले तत्काल उपचार हुँदैन भने, छोरीलाई घर ल्याउन बाध्य भयौँ’ मुन्नीले बिलौना गरिन्।

    अहिले ६ वर्षीया विपना डोरीको सहायताले घाँटीमा हात झुण्डयाउँदै घरमै बसेकी छिन्। उनी मानसिक सन्तुलन गुमाए जस्तै बनेकी छिन्।

    आर्थिक अवस्था निकै दयनीय भएका कारण चौधरी परिवारलाई छाक टार्न धौ धौ हुने गरेको छ। साँझ बिहान के खाउँ भन्ने भएको छ।

    नेपालको संविधानले नेपाली नागरिकलाई जुनसुकै अवस्थामा पनि बाँच्न पाउने तथा रोजगारीको हकको व्यवस्था गरेको छ। तर उक्त नियम चौधरी परिवारको हकमा भने छैन।

    ‘गाउँ गाँउमा सिंहदरबार आयो भन्छन्, तर हाम्रा लागि कहिल्यै आएन’ राम बहादुर चौधरीले भने, ‘शारीरिक अवस्थाका कारण मजदुरी गर्न सकिएन, कसरी जीविकोपार्जन गर्ने ?’

    शारीरिक अशक्तता भएकै कारण जसले पनि भेदभाव गर्ने गरेको चौधरी दम्पतीको भोगाइ छ। संविधानमा लेखिएका कुरा कागजमै सिमित भएको रामबहादुर बताउँछन्।

    शारीरिक रुपमा अशक्त नागरिकले विभिन्न अधिकार पाएपनि आफूहरुले केही सहयोग नपाएको मुन्नीको गुनासो छ। समस्या लिएर वडा कार्यालयमा जाँदा सुनवाइ नभएको उनी बताउँछिन्।

    ‘अरुको सहाराका लागि सरकारी निकाय छ, हाम्रा लागि कोही भएन्’ मुन्नीले भनिन्, ‘हाम्रा लागि न नगरपालिकाले केही गर्यो, न त वडा कार्यालयले नै।’

    निर्वाचनका बेला घर घर धाउका जनप्रतिनिधि अहिले बोल्नै छाडेको उनले बताइन्।

    बुधबार, पुष २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.