काठमाडौँ । काठमाडौँको न्यूनतम तापक्रम आज ०.८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।
Advertisement
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस थियो ।
काठमाडौँ उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । “उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै छ” मौसमविद् प्रधानाङ्गले भने ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६.६ डिग्री सेल्सियस छ ।
त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस छ ।