• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण


  •   बुधबार, पुष १५, २०७७ मा प्रकाशित
  • काठमाडौं । एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गर्नुभएको हो । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो ।

    Advertisement

    एएफसीको ‘क्लब लाइसेन्सिङ अपिल बडी’को यही पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी क्लबलाई उक्त लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो । उक्त अनुमति प्राप्त गरेसँगै त्रिभुवन आर्मी क्लबले एपएफसी कप क्लबअन्तर्गत सञ्चालन हुने व्यावसायिक फुटबल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेको छ ।

    एएफसी विश्व फुटबल महासङ्घ (फिफा) भित्रका ६ सङ्घमध्येको एक हो । एएफसीमा ४७ देश सदस्यका रुपमा आबद्ध छन् । उक्त संस्था सन् १९५४ फिलिपिन्सको मनिलामा गठन भएको थियो । हाल एएफसीको मुख्यालय मलेसियाको क्वालालम्पुरमा छ । नेपालमा एएफसीले क्लब लाइसेन्सिङको प्रक्रिया सन् २०१६ देखि लागू गरेता पनि सन् २०१८ देखि लाइसेन्स अनिवार्य गरिएको थियो ।

    एन्फाले नेपालका सबै ‘ए’ डिभिजन क्लबलाई एएफसी लाइसेन्स प्रक्रिया पूरा गर्न निर्देशन दिए पनि आर्मी क्लबबाहेक कुनै पनि क्लबले मापदण्ड पूरा गर्न सकेका छैनन् । त्रिभुवन आर्मी फुटबल क्लब एएफसी लाइसेन्स प्राप्त गर्ने नेपालकै पहिलो क्लब हो । क्लब लाइसेन्स हस्तान्तरण कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले आर्मी क्लबले उक्त लाइसेन्स प्राप्त गर्नु सिङ्गो मुलुकको खेलकूद क्षेत्रकै सफलता भएको बताउनुभयो ।

    नेपाली सेनाका उपरथी निरन्जन श्रेष्ठले एएफसी क्लबको लाइसेन्स प्राप्त भएबाट नेपालको खेलकूद विकासका लागि थप हौसला प्रदान भएको धारणा राख्नुभयो । त्रिभुवन आर्मी क्लब नेपालको खेल क्षेत्रको च्याम्पिएनशिप विभागीय टोली हो ।

    सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख सेनानी ब्रजेश महर्जनका अनुसार खेलकूदको स्तर, पूर्वाधार, व्यवस्थापन, आर्थिक अवस्थालगायत मापदण्ड पूरा गरेका कारण आर्मी क्लबले उक्त लाइसेन्स प्राप्त गर्न सफल भएको हो । सेनामा हाल ३४ खेल विधाका ७५० भन्दा बढी खेलाडी आबद्ध छन् ।(रासस)

    बुधबार, पुष १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.