• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

बागलुङ सुखौरामा लिफ्टिङ खानेपानी परियोजना पूरा हुँदै


  •   शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित
  • बागलुङ बजार । बागलुङको दक्षिणी दुर्गम गाउँ बरेङ गाउँपालिका–५ सुखौरामा लिफ्टिङ खानेपानी परियोजना पूरा हुने भएको छ ।
    २५८ घरमा लिफ्टमार्फत खानेपानी ल्याउने काम दुई वर्ष अघिदेखि सुरु भएसँगै सुखौराका जनताले खानेपानी पाउने भएका हुन् । गण्डकी प्रदेश सरकारले दुई वर्षदेखि लिफ्टमार्फत खानेपानी पुर्याउने गरी आयोजना सञ्चालन गरेको हो ।

    Advertisement

    सात करोड ९८ लाख रुपियाँको लागतमा सुखौराका एक हजार ५४८ जनसङ्ख्यालाई पुग्ने गरी बृहत् खानेपानी आयोजनाको काम धमाधम चलिरहेको छ । आयोजनाको काम धमाधम निर्माण भइरहको र अहिलेसम्म ६० प्रतिशत आयोजनाको काम सकिएको खानपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर विक्रम शाहले जानकारी दिए ।

    खानेपानी आयोजना सुरु भएको २०७५ चैतदेखि अहिलेसम्म दुई करोड ६२ लाख ३८ हजार रुपियाँ खर्च भइसकेको बरेङ सुखौरा लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष अनिल भट्टराईले जानकारी दिए । उनका अनुसार तम्मुखोला छेउमा रहेको मुहानमा एक लाख लिटरको ट्याङ्की निर्माण गरी एक हजार २५० मिटरमाथि पुर्याएर सुखौरा गाउँलाई वितरण गर्ने गरी आयोजना निर्माण भइरहेको छ ।

    मुहानको पानीलाई ६४५ मटिरमाथि पुर्याएर ट्याङ्कीमा हालिन्छ । त्यहाँबाट केही गाउँमा वितरणपश्चात पुनः ६४० मिटरमाथि पुर्याएर सुखौराको पूरै गाउँलाई खानेपानी पुर्याइन्छ । खानेपानीको मुहान र धम्पुगाउँमा एक/एक लाख लिटरको ट्याङ्की, एक हजार २५० मिटर स्टिल तथा जिआई पाइप, १५ किलोमिटर वितरण पाइप, १५ शाखा ट्याङ्की, लिफ्टका लागि आवश्यक केन्द्रीय विद्युतको दुई किलोमिटर प्रसारण लाइन निर्माण, नौ वितरण इन्टेक, मुहानमा सौचालयसहितको एककोठे भवनलगायतका संरचना निर्माण भइसकेका छन् ।

    यस वर्ष आयोजना अगाडि बढाउन रु ७४ लाख बजेट विनियोजन भएको छ । अर्काे आर्थिक वर्षभित्र बजेट पुगेमा आयोजना सम्पन्न गर्ने गरी काम भइरहेको बरेङ–५ सुखौराका वडाध्यक्ष अम्मरबहादुर सरबुर्जाले जानकारी दिए । योजनामा स्थानीयवासीले २० प्रतिशत श्रमदान गर्दै आएका छन् ।

    सुखौराको धम्पु र बाहुनडाँडामा सात वर्षअघि खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत सोलारबाट ५६ घरमा खानपानी पुर्याए पनि अन्य घरमा चरम सङ्कट रहँदै आएको छ । त्यहाँका अधिकांश समुदायले हिउँदको फागुन, चैत, वैशाख र जेष्ठ महिनामा दुई घण्टा हिँडेर पानी ल्याउने गरेका छन् ।

    राष्ट्रिय जनमोर्चाको तर्फबाट गण्डकी प्रदेश सांसद पियारी थापाको विशेष पहलमा सो खानेपानी आयोजना निर्माण हुन लागेको हो ।

    शुक्रबार, पुष १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला
    विकास निर्माणको कामलाई गति दिन निर्देशन
    मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव
    घट्यो सुनचाँदीको मूल्य

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      भारी वर्षाको चुनौती

    • २.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ३.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ४.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ५.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    • ६.
      घट्यो सुनचाँदीको मूल्य

    • ७.
      भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

    • ८.
      प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.