काठमाडौँ । पूर्वी युरोपियन देश युक्रेनमा पनि सङ्क्रमितको सङ्ख्या दश लाख नाघेको छ ।
वल्र्डोमिटर्सका अनुसार पछिल्लो चौबिस घण्टामा ११ हजार ४९० नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या दश लाख एक हजार १३२ पुगेको हो ।
त्यहाँ कुल मृतकको सङ्ख्या १७ हजार ३९५ पुगेको छन् । पछिल्लो चौबिस घण्टामा त्यहाँ २२३ जनाको मृत्यु भएको थियो ।
युक्रेनमा हालसम्म छ लाख ३१ हजार ४३५ जना सङ्क्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । तीन लाख ५२ हजार सक्रिय बिरामी रहेको युक्रेनमा गम्भीर बिरामीको सङ्ख्या १७७ मात्र रहेको छ ।
त्यस्तै, हालसम्म विश्वमा सङ्क्रमितको सङ्ख्या सात करोड ९७ लाख २९ हजार १२१ पुगेको छ भने मृतकको सङ्ख्या १७ लाख ४९ लाख ३४० जना पुगेको छ ।
सङ्क्रमित र सङ्ख्यामा सर्वाधिक सङ्ख्यामा अमेरिका छ । त्यहाँ एक करोड ९१ हजार ११ लाख ३२६ सङ्क्रमित तथा मृतकको सङ्ख्या तीन लाख ३७ हजार ६६ पुगेको छ ।