तिलक राना, हैदराबाद ।
अन्तर्रास्ट्रिय एकताका लागि प्रवासी नेपालीहरुको मञ्चको आयोजनामा १४३ औं स्टालिन जयन्ती मनाइएको छ । अनलाईनको माध्यमबाट सम्पन्न सो कार्यक्रममा तिलक रानाको अध्यक्षता र राजु दुलालको सञ्चालन तथा बिकास परियारले स्वागत मन्तव्य दिनुभएको थियो ।
Advertisement
कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाहका महासचिव ठाकुर खनाल, केन्द्रीय सचिव प्रेम पौडेल, धनबीर पुन, फुलबिना पौडेल, खिम बहादुर बिक, किष्ण बहादुर थापा र गुमा रानाले आतित्थ्यता गर्नुभएको थियो ।
सम्पुर्ण अतिथिहरुले श्रमजिवी वर्गको राज्यव्यवस्था स्थापना, सञ्चालन र जनवादी केन्द्रीयताको नियमलाई ठिकसँग पहिल्याएर विश्व कम्यूनिष्ट आन्दोलनलाई महत्वपूर्ण योगदान स्टालिनले गरेको वक्ताहरुले बताउनु भयो ।

