• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

आगलागीबाट १४ करोडको क्षति

अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ

लोकप्रिय समाचार

  • १. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • २. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ३. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ४. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५. हार्दिक शुभकामना

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ८. आदर्शको पहाड

  • ९. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • १०. २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

अहिले प्राप्त उपलब्धि धेरै संघर्षबाट आएको हो, भावि पुस्ताका लागि थप संघर्ष आवश्यक : सिंह


  •   शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आज देशमा जे जति सुविधाहरु उपलब्ध छन्, धेरै संघर्षबाट प्राप्त भएको भन्दै थप उपलब्धिबा लागि अझै धेरै संघर्ष गर्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    शनिबार अखिल नेपाल महिला संघले आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा महामन्त्री सिंहले अहिले प्राप्त अधिकारका लागि जनताले ७० वर्षभन्दा लामो समयदेखि संघर्ष गरेको उल्लेख गर्नुभयो । विगतको तुलनामा महिलाहरुले धेरै अधिकार पाएपनि त्यसैमा रुमल्लिएर बस्न नहुनेमा सिंहले जोड दिनुभयो ।

    सिंहले भन्नुभयो, ‘विगतमा सति प्रथा थियो । बहुविवाह प्रथा थियो । महिलाहरु पढ्न पाउँदैनथिए । तर अहिले महिलाहरुले धेरै अधिकार पाएका छन् । यी उपलब्धि त्यत्तिकै प्राप्त भएको होइन । कैयौं पुस्ताले संघर्ष गरेपछि प्राप्त भएको उपलब्धि हो ।’

    महामन्त्री सिंहले अहिले जे छ, त्यसैमा सन्तुष्ट भएर बस्न नहुने बताउनुभयो । अघिल्ला पुस्ताले त्याग र बलिदान नगरेको भए अहिले कैयौं छोरीहरु, बुहारीहरु सतिप्रथाका नाममा ज्यूदै चितामा जलिरहेका हुन्थे भन्दै सिंहले जसरी लामो त्याग, तपस्या र बलिदानबाट अहिले महिलाहरुले अधिकार पाएका छन्, भावी पुस्ताका लागि अहिले थप संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले अहिले महिलाहरु पढ्न लेख्न पाउने, अंश दाबी, जागिर, सम्बन्ध विच्छेद जस्ता अधिकार पाएपनि अझै महिलाहरुमाथि विभेद कायमै रहेको उल्लेख गर्नुभयो । राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्त गर्न र प्राप्त उपलब्धिसमेतलाई कार्यान्वयनमा जोड दिन महिलाहरु सचेत र संगठित हुनुपर्ने सिंहले बताउनुभयो ।

    समाजमा अन्याय, अत्याचार र विभेद छ भन्ने धेरैले जानेपनि सही दृष्टिकोण नभएसम्म त्यसलाई बदल्न नसक्ने उल्लेख गर्दै महामन्त्ती सिंहले हाम्रो उदेश्य त्यसलाई बदल्नु हुनुपर्ने बताउनुभयो ।

    मार्क्सवादी नेलिनवादी संगठनात्मक प्रणालीले नै हाम्रो दृष्टिकोण बदल्न र क्रान्तिकारी परिवर्तनका लागि सही नीति अपनाउन मद्दत गर्ने सिंहको भनाई थियो । उहाँले अखिल नेपाल महिला संघलाई महिला अधिकारका साथसाथै क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने गरी कार्यक्रम बनाउन सुझाव पनि दिनुभयो ।

    कार्यक्रममा अधिवक्ता पदम रोकाले बर्तमान संविधनले महिलाहरुको विभिन्न अधिकारको ग्यारेन्टी गरेपनि कार्यान्वयनको पाटो फितलो रहेको बताउनुभयो ।

    संविधानले ग्यारेन्टी गरेको समावेशीताको सिद्धान्त आंशिक रुपमा भएपनि राजनीतिक रुपमा अधिकांश ठाउँमा कार्यान्वयन भएको अधिवक्ता रोकाको भनाई थियो । तर, राज्यले संविधान र कानुनमा महिला अधिकार लेखिदिए पुग्छ भनेर सारभूत रुपमा लिएका कारण हत्या, हिंसा, बलात्कार जस्ता उत्पिडनमा कमी नआएको बताउनुभयो ।

    महिला संगठनले महिला अधिकारका कुरालाई सारभूत रुपमा नलिएर तिनको कार्यान्वयनमा जोड दिन दबाब दिनुपर्ने रोकाले बताउनुभयो ।

    यो पनिः राष्ट्रपति महिला छन् भनेर नाक फुलाउँदैमा महिलाको मुक्ति हुँदैनः केसी

    शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो
    अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी
    नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी
    धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या
    आगलागीबाट १४ करोडको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • २.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ३.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ४.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ५.
      हार्दिक शुभकामना

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • २.
      अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

    • ३.
      नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

    • ४.
      धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    • ५.
      नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

    • ६.
      आगलागीबाट १४ करोडको क्षति

    • ७.
      अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

    • ८.
      इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.