• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

आगलागीबाट १४ करोडको क्षति

अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ

भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक

लोकप्रिय समाचार

  • १. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • २. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ३. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ४. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५. हार्दिक शुभकामना

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ८. आदर्शको पहाड

  • ९. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • १०. उत्तरी सागरमा कार्बन भण्डारण सुरु

राष्ट्रपति महिला छन् भनेर नाक फुलाउँदैमा महिलाको मुक्ति हुँदैनः केसी


  •   शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले महिलाहरु आफैँ सक्षम नभएसम्म महिला मुक्ति सम्भव नहुने बताउनुभएको छ ।

    Advertisement

    शनिबार अखिल नेपाल महिला संघ केन्द्रीय समितिले आयोजना गरेका प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै अध्यक्ष केसीले महिलाहरु आफैँ सक्षम, संगठित र जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले जुनसुकै राज्यव्यवस्था आएपनि महिलामाथिको उत्पिडन कायम रहनुमा उनीहरु सक्षम हुन नसक्नु हो भन्नुभयो ।

    ‘राजतन्त्र, प्रजातन्त्र वा गणतन्त्र जुनसुकै तन्त्र आएपनि महिलाहरुमाथिको विभेद कायम छ, उत्पिडन कायम छ । त्यसको कारण भनेको अधिकांश महिलाहरु सक्षम बन्न नसक्नु हो । सचेत र संगठित नहुनु हो’ केसीले भन्नुभयो, ‘महिलाहरुले अरु कसैले आफ्नो मुक्ति गरिदिन्छ भनेर सोच्नु हुँदैन । आफैँ सवल बन्नुपर्छ । उनीहरु जब सवल र सक्षम बन्छन्, तबमात्र महिला मुृक्ति सम्भव हुन्छ ।’

    अध्यक्ष केसीले २/४ जना महिलाहरु ठाउँमा पुग्दैमा समग्र महिलाहरुको हित हुन नसक्ने बताउनुभयो । बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको उदाहरण दिँदै अध्यक्ष केसीले राष्ट्रप्रमुख महिला भएपनि आम महिलाको अवस्थामा कुनै सुधार नभएको स्पष्ट पार्नुभयो ।

    ‘कतिपय मानिसहरु राष्ट्रपति महिला छन् भनेर नाक फुलाउने गरेका छन् । तर २/४ जना महिलाहरु अगाडि बढ्दैमा आम महिलाको हित हुन्छ भन्ने होइन । अहिलेका राष्ट्रपति महिला भएपनि आम महिलाको अवस्था उस्तै छ । विद्यादेवी भण्डारी राष्ट्रपति भएपनि आम महिलालाई अगाडि बढाउने खालका कुनै कार्यक्रम, गतिविधि ल्याइएको छैन ।’

    केसीले महिलाहरु संगठित भएमा नै सामूहिक हितका लागि लड्न सक्ने बताउनुभयो । महिलामाथि भइरहेका हत्या, हिंसा, बलात्कार जस्ता अपराधजन्य गतिविधिविरुद्ध संगठनले नै लड्न सक्छ भन्दै उहाँले संगठित महिलाको तुलनामा असंठित महिलाहरुमाथि बढी अत्याचार हुने भएकोले आम रुपमा संगठनको महत्व बुझाउनुपर्ने बताउनुभयो ।

    फरक प्रशंगमा अध्यक्ष केसीले अहिलेको सरकार र सत्तारुढ दलले गाइजात्रा देखाएको आरोप लगाउनुभयो । उहाँले कम्युनिष्ट पार्टीको नाममा उनीहरुले देखाएको चरित्रले कम्युनिष्ट आन्दोलनलाई क्षति पुगिरहेको बताउनुभयो ।

    विभिन्न कालाबजारी गर्नेहरु, शैक्षिक माफिया, मेडिकल माफिया, तस्कर, भ्रष्टाचारीहरु आफ्नो स्वार्थको लागि सत्तारुढ दलमा सामेल भएका र कम्युनिष्ट शब्दकै बदनाम गरिरहेका केसीको भनाई थियो ।

    नेकपाको गाइजात्राले शिक्षा दिएको भन्दै केसीले भन्नुभयो, ‘पार्टीको निर्णय नमान्ने, पार्टीको बहुमतले गरेको निर्णय विरुद्ध आफूलाई जे मन लाग्छ त्यही भन्दै हिँड्ने, त्यस्तो पनि कम्युनिष्ट पार्टी हुन्छ ?’ केसीले थप्नुभयो, ‘उनीहरुको गतिविधिबाट हामीले पनि शिक्षा लिनुपर्छ । हाम्रो पार्टीमा पनि केही मान्छेहरु आठौं महाधिवेशनले गरेका निर्णय मान्दैनौं भनेर हिँडिरहेका छन् । सोझा सिधा साथीहरुलाई भड्काउन खोजेका छन् । आफ्ना कुरा पार्टीमा राख्ने र पार्टीले गरेको निर्णय मानेर हिँड्नु नै कम्युनिष्ट पार्टीका सदस्यको अनुशासन हो । आचरण हो ।’

    संघका अध्यक्ष मिना पुनको अध्यक्षता तथा कोषाध्यक्ष रितु केसीले सञ्चालन गर्नुभएको भर्चुअल प्रशिक्षण कार्यक्रममा महासचिव सकुन्तला रानाले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विभिन्न राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको थियो । यस्तै, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोकाले महिलाहरुलाई प्राप्त संवैधानिक र कानुनी अधिकार, तिनको प्रयोग तथा कानुन अड्चनबारे प्रशिक्षण दिनुभएको थियो ।

    यो पनिः अहिले प्राप्त उपलब्धि धेरै संघर्षबाट आएको हो, भावि पुस्ताका लागि थप संघर्ष आवश्यक : सिंह

    शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी
    नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी
    धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या
    आगलागीबाट १४ करोडको क्षति
    अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • २.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ३.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ४.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ५.
      हार्दिक शुभकामना

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

    • २.
      नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

    • ३.
      धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    • ४.
      नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

    • ५.
      आगलागीबाट १४ करोडको क्षति

    • ६.
      अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

    • ७.
      इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

    • ८.
      वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.