निकोशिया । साईप्रसस्थित नेपालीहरुका विभिन्न समस्या बारेमा ध्यानाकषर्ण गराउँदै साईप्रस नेपाली एकता समाजले ज्ञापन पत्र बुझाएको छ । समाजका अध्यक्ष देवेन थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अवैतनिक वाणिज्य राजदूतलाई ज्ञापन पत्र बुझाएको हो ।
Advertisement
ज्ञापन पत्रमा साईप्रसमा विभिन्न समयमा नेपाली समूदायमाथि भएका घटनाहरुको विवरणसहित उनीहरुका समस्या समाधानको माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउन गएको प्रतिनिधि मण्डलमा अध्यक्ष थापासहित उपाध्यक्ष चन्द्रबहादुर वली, सचिव जिवराज पोखरेल र सदस्य इश्वर बहादुर घर्ती हुनुहुन्थ्यो ।
यस्तो छ ज्ञापन पत्र

