काठमाडौं । तेह्रथुममा प्लास्टिकको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । ती मध्ये दुई बालिका दिदीबहिनी हुन् ।
Advertisement
छथर गाउँपालिका–६ सुदापका दिदीबहिनी ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बू तथा ८ वर्षीया सुहानाको मृत्यु भएको हो । रञ्जना र रोजनी स्थानीय इन्द्रबहादुर लिम्बूका छोरी हुन् भने सुहाना देवेन्द्र लिम्बूकी छोरी हुन् ।
स्थानीय प्रगति कृषक समूहले तरकारी खेतीमा सिंचाईका लागि बनाएको पोखरीमा खेल्ने क्रममा शनिबार साँझ बालिकाहरु डुबेको प्रहरीले जनाएको छ ।
बिहान खेल्न घरबाट निस्केका उनीहरु नआएपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए । त्यसक्रममा साँझ बालिकाहरु पोखरीमा मृत फेला परेका हुन् । तीनै जना बालिकाको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।