काठमाडौँ । विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या दश लाखभन्दा माथि हुने देशको १५ पुगेको छ । हिँजो साँझ इरानमा नौ हजार ३८४ जना थपिएर दश लाख ९२ हजार ४०७ पुगेसँगै सो सङ्ख्या १५ पुगेको हो । इरानमा २३२ जना नयाँ मृतक थपिएसँगै कुल मृतकको सङ्ख्या ५१ हजार ७२७ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार विश्वमा सर्वाधिक सङ्क्रमित अमेरिकामा छन् । त्यहाँ आज बिहानसम्म दुई लाख ४६ हजार ५३० नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख ९५ हजार ४५८ पुगेको छ भने तीन हजार १९ जना मृतक थपिएसँगै कुल मृतकको सङ्ख्या तीन लाख दुई हजार ७५० पुगेको छ ।
भारतमा ३० हजार ३४ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित ९८ लाख २७ हजार २६ पुगेका छन भने ४४० नयाँ मृतक थपिएर कुल मृतकको सङ्ख्या एक लाख ४२ हजार ६६२ पुगेको छ ।
ब्राजिलमा कुल सङ्क्रमितको सङ्ख्या ६८ लाख ३६ हजार ३१३ र मृतकको सङ्ख्या एक लाख ८० हजार ४५३ पुगेको छ । त्यहाँ नयाँ सङ्क्रमित ५२ हजार ७७० र मृतक ६५२ थपिएका थिए ।
रुसमा २८ हजार ५८५ नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित २५ लाख ९७ हजार ७११ पुगेको छन् भने ६१३ मृतक थपिएर कुल मृतकको सङ्ख्या ४५ हजार ८९२ पुगेको छ ।
फ्रान्समा कुल मृतक २३ लाख ५१ हजार ३७२ कुल सङ्क्रमित र मृतकको सङ्ख्या ५७ हजार ५६७ पुगेको छ । त्यहाँ नयाँ सङ्क्रमित १३ हजार ४०६ र मृतक ४१२ थपिएका थिए ।
बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या १८ लाख नौ हजार ४५५ र मृतकको सङ्ख्या ६३ हजार ५०६ पुगेको छ । आज बिहानसम्म त्यहाँ २१ हजार ६७२ सङ्क्रमित र ४२४ जना मृतक थपिएका थिए ।
इटलीमा १८ हजार ७२७ जना थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या १८ हजार पाँच हजार ८७३ पुगेको छ भने ७६१ मृतक थपिएसँगै कुल मतकको सङ्ख्या ६३ हजार ३८७ पुगेको छ ।
टर्कीमा ३२ हजार नयाँ सङ्क्रमित थपिएर कुल सङ्क्रमित १७ लाख ८० हजार ६७३ पुगेको छ भने २२६ जना मृतक थपिएर कुल मृतकको सङ्ख्या १५ हजार ९७७ पुगेको छ ।
स्पेनमा कुल सङ्क्रमितको सङ्ख्या १७ लाख ४१ हजार ४३९ पुगेको छ भने मृतकको सङ्ख्या ४७ हजार ६२४ पुगेको छ । त्यहाँ सात हजार ५३ जना नयाँ सङ्क्रमित र २८० जना मृतक थपिएका थिए ।
अर्जेन्टिनामा कुल सङ्क्रमितको सङ्ख्या १४ लाख ८९ हजार ३२८ जना र मृतकको सङ्ख्या ४० हजार ६०६ पुगेको छ । त्यहाँ सात हजार ११२ नयाँ सङ्क्रमित र १७५ मृतक थपिएका थिए ।
त्यसैगरी कोलम्बियामा कुल सङ्क्रमित १४ लाख आठ हजार ९०९, कुल मृतक ३८ हजार ६६९ तथा नयाँ सङ्क्रमित आठ हजार ९९८ र नयाँ मृतक १८५ थिए ।
जर्मनीमा कुल सङ्क्रमित १२ लाख ९८ हजार ७७६, कुल मृतक २१ हजार ८२० तथा नयाँ सङ्क्रमित २८ हजार ३४४ र नयाँ मृतक ५८७ थिए ।
मेक्सिकोमा कुल सङ्क्रमित १२ लाख १७ हजार १२६, कुल मृतक एक लाख १२ हजार ३२६ तथा नयाँ सङ्क्रमित ११ हजार ८९७ र नयाँ मृतक ६७१ थपिएका थिए ।
पोल्यान्डमा ११ लाख १५ हजार २०१ कुल सङ्क्रमित, २२ हजार १७४ कुल मृतक तथा नयाँ सङ्क्रमित १३ हजार ११० र नयाँ मृतक ५४४ रहेका थिए ।

