खिमराज चालिसे, चंडिगढ ।
भारतको पञ्जाव राज्यको पटियालाबाट एक नेपाली युवती बेपत्ता भएकी छन् । कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गोगली तिल्कवाका जीवन विष्टकी श्रीमती २६ वर्षीया विमला विष्ट बेपत्ता भएकी हुन् ।
Advertisement
पञ्जाव राज्यको पटियाला हर्वन स्टेट्समा परिवारसहित बसोवास गर्दै आएकी विमला पटियालाबाट ७ डिसेम्बर साँझ ८ बजे घरबाट निस्किएर बेपत्ता भएको उनका श्रीमान जीवनले बताउनुभयो ।
श्रीमानसहित दुई छोरालाई छोडी फरार भएकी विमलालाई खोजी कार्यमा सहयोग गरिदिन उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लाई आग्रह गर्नुभएको छ ।
५ फुट उचाइ गहुँगोरो वर्ण भएकी विमला विष्ट फेला परेमा भारतमा नजिकको मूल प्रवाह तथा नेपालमा राष्ट्रिय जनमोर्चालाई वा जीवन विष्ट (८१४६७६९८३८), अशोक पन्थी (९११५५३००१८) मा खबर गरिदिन अनुरोध गरिएको छ ।