• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

प्रहरी कार्यालयको हिरासत : जहाँ पुराना बन्दीले नयाँलाई कम्बल ओढाएर भकुर्छन्


  •   बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका कैदीबन्दीमध्ये पुरानाले नयाँलाई कम्बल ओढाएर कुट्ने गरेको थाह भएको छ । हिरासतमा जानेबित्तिकै बन्दीहरुले नवआगन्तुकलाई बस्सरी भकुर्ने गरेको एक बन्दीले गुनासो गरेका छन् ।

    Advertisement

    पुराना बन्दीले नयाँलाई कुट्ने क्रममा प्रहरी भने मुकदर्शक भएर बस्ने गरेको उनले गुनासो गरे ।

    केही दिन अघि जिप्रका कैलालीको हिरासतबाट छुटेका एक बन्दीले युगदर्शनलाई सुनाए, ‘हिरासतमा बन्दीहरुको चाप रहेछ । त्यहाँ नयाँ जाने बन्दीलाई पुरानाले जानेबित्तिकै कम्बल ओढाएर भकुर्ने रहेछन् । प्रहरीले पनि देखेको नदेख्यै गर्ने रहेछ ।’

    ती बन्दीले आफूले पनि कुटाइ खाएको तर, प्रहरीलाई जानकारी दिएपनि खासै वास्ता नगरेको बताए । आफूभन्दा पहिला गएका एक जनालाई भक्कुृ कुटेको देखेपछि पहिल्यै सतर्क भएका कारण धेरै कुटाई खान नपरेपनि प्रहरीको व्यवहारले चिन्तित बनाएको उनले गुनासो गरे । कुटपिटबाट एक बन्दी घाइतेसमेत भएको उनको भनाई छ ।

    नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘पुराना बन्दीहरुले कुट्न खोजेपछि मैले प्रतिकार गरेँ । त्यसक्रममा हो–हल्ला भयो । प्रहरीलाई जानकारी गराउँदा मलाई नै ‘दादा बन्छस् ?’ भन्दै हप्काए ।’

    जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको बुझिएको छ । बन्दीका अनुसार हिरासतमा राम्रोसँग खुट्टा पसारेर सुत्नसमेत पाइँदैन । हिरासतमा चुरोट र सुर्ती खानेहरुले फोहोर गरिरहेका हुन्छन् । उनका अनुसार चुरोट, सुर्तीको व्यवस्था भने प्रहरीले गरिदिने गरेका छन् ।

    उनले भने, ‘बाहिर १०/१५ रुपैयाँ पर्ने चुरोट सुर्तीलाई भित्र सय/दुई सय रुपैयाँ पर्ने रहेछ । त्यसको व्यवस्था पनि प्रहरीले नै गर्दा रहेछन् ।’

    यता जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक विष्टले भने हिरासतमा नयाँ बन्दीहरुमाथि कुटपिट हुने गरेको आफूहरुलाई जानकारी नभएको दाबी गर्नुहुन्छ ।

    ‘कहिलेकाहीँ हो-हल्ला त हुन्छ, तर, कुटपीट गरेको भन्ने जानकारी छैन’ डीएसपी विष्टले भन्नुभयो, ‘हामीले नियमित हेरिरहेकै हुन्छौँ । हामी जानासाथ सबै भलाद्मी भएर बस्ने गरेको देखिन्छ ।’

    उहाँले बन्दीहरुलाई कुनै समस्या भए सम्बन्धित ठाउँमा गुनासो गर्न आग्रह गर्दै गुनासो आएमा त्यसबारे छानबिन गर्ने बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालयको हिरासतमा अहिले करिब एक सय जनाजति बन्दीहरु छन् । डीएसपी विष्टका अनुसार हिरासतको क्षमता २५० जनाको हो ।

    हिरासतमा मानिसहरु कोचाकोच गर्नुपर्ने अवस्थाबारे विष्टले भन्नुभयो, ‘राज्यको सिमित स्रोत साधनमै हामीले व्यवस्था गर्ने हो । कारागारमा हेर्नुस् त अवस्था कस्तो छ ?’

     

    बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.