काठमाडौं । पूर्व सांसद कमानसिंह लामाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका लामाको बुधबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
Advertisement
लामाकी पत्नी इन्द्रमायाका अनुसार १४ दिनअघि कोरोना संक्रमण भएपछि टिचिङ अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो।
उनको पार्थिव शरीर बिहीबार बिहान नेपाली सेनाले व्यवस्थापन गर्ने पारिवारिक स्रोतले जनाएको छ।
लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए । उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए ।
६९ वर्षीय लामा हाल सत्तारुढ नेकपाको केन्द्रीय सदस्य थिए ।