• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

राजतन्त्रबाट जनताको मुक्ति हुन्छ भनेर चिताउनै हुन्न : केसी


  •   सोमबार, मङि्सर २२, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजतन्त्रबाट जनताको मुक्ति नहुने बताउनुभएको छ । उहाँले भन्नुभएको छ– ‘राजतन्त्रबाट जनताको मुक्ति हुन्छ भनेर चिताउनै हुन्न ।’

    Advertisement

    राजमो केन्द्रीय कार्यालयको आयोजनामा २०७७ मङ्सिर २२ गते सम्पन्न भर्चुअल अन्तरक्रियामा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै अध्यक्ष केसीले राजतन्त्रलाई नेपाली जनताले लगभग ढाइ शताब्दीसम्म भोगिसकेको बताउनुभयो । ‘गणतन्त्रका लागि लडेकाहरूलाई थाह छ, राजतन्त्र कस्तो थियो भन्ने कुरा’ केसीले भन्नुभयो– ‘आज जसले जुलुस गरिरहेका छन्, उनीहरूले कुनै बेला देशको ढुकुटीमा रजाइँ गरेकाहरूको समर्थनमा सडकमा आएका छन् ।’ आज राजावादीहरू ठाउँठाउँमा जुलुस गरिरहेको प्रसङ्गमा उहाँको भनाइ थियो– ‘हामीले राजतन्त्रको विरुद्धमा सङ्घर्ष गर्दा फाँसीमा झुण्डियौँ, जेलनेल खायौँ ।’ उहाँले गणतन्त्र भएकाले राजावादीलाई जुलुस गर्न छुट भएको बताउनुभयो ।

    सम्बोधनको क्रममा अध्यक्ष केसीले निजी हितका लागि काम गर्नेहरूले गणतन्त्रको दुरुपयोग गरेको बताउनुभयो । ‘देश र जनताका लागि होइन, आफ्ना लागि राजनीति गर्नेहरूले गणतन्त्रको दुरूपयोग गरे’ उहाँले भन्नुभयो– ‘प्रतिपक्ष पनि रमिते बनेको छ, आखिर उसको राजनीति पनि त यस्तै हो ।’ सत्तारूढ नेकपाभित्रको आन्तरिक किचलोले सबैभन्दा बढी भारतीय साम्राज्यवाद खुसी भएको बताउँदै उहाँले नेकपामा यतिखेर कोभिड मुद्दा नबन्नु दुःखको कुरा भएको बताउनुभयो । ‘महिनौँदेखि नेकपामा घमासान छ’ उहाँले भन्नुभयो– ‘तर त्यो बैठकको मुद्दा अहिले नेपाली र विश्वलाई त्राही त्राही बनाएको कोभिड होइन, कसलाई मन्त्री बनाउने भन्ने छ ।’

    सङ्घीयताका कारण देशमा सात वटा अरू सरकार थपिएको र त्यसलाई पाल्नुपर्दा जनतामा गणतन्त्रप्रति नै वितृष्णा बढ्ने सक्ने उहाँको धारणा थियो । ‘केन्द्र र प्रदेशका गरी आठ वटा सरकार पाल्नुभन्दा एउटै राजा पाल्न ठिक हुन्छ कि भन्ने भावना जनतामा आउन सक्छ’ उहाँले यस्तो भावनामाथि टेकेर राजतन्त्र सल्बलाउन सक्ने बताउनुभयो । सङ्घीयतालाई तत्कालै खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन नै नेपालको सही विकल्प रहेको उहाँको ठहर थियो ।

    नेपालको राष्ट्रियता सधैँ पहराको ढिकमा उभिएको बताउँदै राजमो अध्यक्ष केसीले सत्ताभन्दा बाहिर रहँदा राष्ट्रियताको चर्को कुरा गर्ने, तर सत्तामा पुग्दा तिनै राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता मास्न प्रयत्नरत भारतीय साम्राज्यवादसित सौदाबाजी गर्ने प्रवृत्ति नेपाली राजनीतिमा देखिएको बताउनुभयो । ‘त्यसबाट अहिलेको ओली सरकार पनि अपवाद छैन’ उहाँले ठोकुवा गर्नुभयो ।

    अहिलेको गणतन्त्रबाट सबै समस्या समाधान हुन्छ भन्ने कतिपय जनताको मनसाय रहेको भन्दै उहाँले यसलाई बुर्जुवा गणतन्त्रको सङ्ज्ञा दिनुभयो । नयाँ जनवादी गणतन्त्रले मात्र जनताका समस्या समाधान गर्ने बताउँदै त्योभन्दा पहिलेको अवस्थामा लागि वर्तमान गणतन्त्रको प्रगतिशील महत्त्व रहेको उहाँको जिकिर थियो । उहाँले भन्नुभयो– ‘तात्कालिक अवस्थामा बहालवाला गणतन्त्रको रक्षा गर्नैपर्दछ; र, प्रतिगामी खतराका विरुद्ध लड्नैपर्छ ।’

    कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले राजतन्त्रको पुस्र्थापनासम्बन्धी नेकपा (मसाल) विश्लेषण मनोमानी प्रकारको नभएर वस्तुस्थितिको ठोस विश्लेषणमाथि आधारित रहेको बताउनुभयो । गणतन्त्रको तुलनामा राजतन्त्र विश्वव्यापी रूपमा पिछडिएको र म्याद सकिएको अवस्था भए पनि गणतन्त्रात्मक व्यवस्थामा विद्यमान भ्रष्टाचार, कुशासन, बेथितिका कारण प्रतिगमनको खतरा कायमै रहने उहाँको तर्क थियो । ‘भ्रष्टाचार नियन्त्रण नहुँदा पनि गणतन्त्रमाथि आँच पुग्दछ, भ्रष्टाचारका कारण जनताले गणतन्त्रलाई नै खराब ठान्न सक्छन्’ प्रवक्ता पुरीले भन्नुभयो– ‘भ्रष्टाचार, बेथिति, कुशासनको विरुद्धसमेत सङ्घर्ष गर्दै मूल रूपमा प्रतिगामी खतराका विरुद्ध सशक्त आन्दोलन उठाउनुपर्दछ ।’

    जलश्रोतविद रत्नसंसार श्रेष्ठले मन्तव्य राख्दै प्रतिगामी राजावादीहरूलाई कसले फन्डिङ गरिरहेको छ भन्दै प्रश्न उठाउनुभयो । उहाँले आशङ्का गर्नुभयो– ‘कतै सत्तारूढ नेकपाभित्रको चरम विवाद र देशभित्रको बेथितिबाट जनताको ध्यान अन्तै मोड्न ओली सरकारले नै प्रतिगामीलाई आर्थिक सहयोग त गरिरहेको छैन ?’ सम्बोधनको क्रममा श्रेष्ठले सङ्घीयता निल्नु न ओकल्नुको स्थितिमा रहेको बताउनुभयो । त्यसैगरी, उहाँले भ्रष्टाचार राज्यकै केन्द्रविन्दु रहेको पनि ठहर गर्नुभयो । ‘यस्तो महामारीका बेला पनि भ्रष्टाचार हुनु दुखद् छ’ उहाँले भन्नुभयो– ‘सरकार आफै भ्रष्टाचारमा मुछिनु झन् दुखद कुरा हो ।’

    “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचारका विरुद्ध सङ्घर्ष गरौँ” मूल नाराका साथ आयोजना गरिएको सो कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको मन्तव्य राजमो नेता वासुदेव पोख्रेलले वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलम, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले पनि मन्तव्य राख्नुभएको थियो ।

    यस्तो छ, महामन्त्री मोहनविक्रम सिंहको मन्तव्य

    राजतन्त्र पुनःस्थापनाको उद्देश्य सफल हुने छैन

    सोमबार, मङि्सर २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.