बागलुङ । अखिल नेपाल महिला सङ्घ जैमिनी–९ पैयुँ थन्थापको आयोजनामा शनिवार “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र हामी सबैको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गतको कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
जैमिनी–९ पैयुँ थन्थापका वडाध्यक्ष भगिन्द्रकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथि निर्मला सुवेदीले अभियानको एेतिहासिक पृष्ठभूमि र यसको मूल मर्म प्रष्टाउनुभएको थियो । उक्त कार्यक्रममा सतीदेवी थापा, यमुना थापा, रामप्रसाद शर्मा, प्रेमप्रसाद आचार्य, मायादेवी शर्मालगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष शान्तकला शर्माले, सञ्चालन सचिव टीका थापापुनले र स्वागत मन्तव्य कोषाध्यक्ष सीता सप्लाङ्गीले राख्नुभएको थियो ।