काठमाडौँ । बाल यौन दुराचारमा संलग्न रहेको आरोपमा प्रहरीले एक फ्रान्सेली पर्यटकलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार पोखरा महानगरपालिका–१७ फुर्केखोला ६० वर्षीय ब्यागनेरिस–दि–लुचन, फ्रान्सका नागरिक क्रिस्टियन सर्ज हेनरी नाउगरेत (पासपोर्ट नम्बर १२ एएक्स २६६७९) लाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
पक्राउ परेका नागरिक पर्यटन भिसामा नेपाल आई बसोवास गरिरहेका व्यक्ति हुन् ।उनलाई १२, ८ र ७ वर्षका तीन नाबालकमाथि यौन
दुराचार गरिरहेको अवस्थामा कास्की प्रहरीको सहयोगमा पक्राउ गरिएको सिआइबीले जनाएको छ । प्रहरीले बालकहरूको उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।
बाल यौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडिका लागि मङ्गलबार उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको सिआइबीले जनाएको छ।

