• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मूल प्रवाहले जनायो संघीयता विरुद्धको आन्दोलनमा ऐक्यवद्धता


  •   आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
  • धनवीर पुन, नयाँ दिल्ली
    खिमराज चालिसे, चण्डिगढ
    जनकराज पौडेल, पाण्डिचेरी ।
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै आइतबार गरेको देशब्यापी प्रदर्शनको समर्थनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ऐक्यवद्धता जनाएको छ । देशमा भएको संघर्षप्रति ऐक्यवद्धता जनाउन भारतस्थित नेपालीहरुले भारतका विभिन्न शहरहरुमा विरोध प्रदर्शन, अन्तरक्रिया, शभालगायतका कार्यक्रम गरेका छन् ।

    Advertisement

    संघीयताले जनातामा निराशा छाएको छः शर्मा
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले ऐक्यवद्धता स्वरुप आइतबार अनलाइन विरोध सभा गरेको छ । सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले संघीयताले जनतामा निराशा छाएको भन्दै यसलाई फाल्न एकजुट हुनुपर्ने बताउनुभयो ।

    ‘संघीयताले जनतामा निरासा छाएको छ, संघीयता बिरुद्व संगठित भएर आन्दोलनमा उत्रनु पर्ने आवश्यकता छ’ शर्माले भन्नु भयो, ‘संघीयताको नाममा राष्ट्रिय विखण्डन गर्ने, तराईलाई पहाडी भु–भागबाट अलग्याउने, सामाजिक सद्भाव खल्बल्याउने, साम्प्रदायिक भड्काव पैदा गराउने काम भइरहेको छ, यो कार्य कदापी नेपाली जनतालाई सह्य छैन । अनिमित्ता, भ्रष्टाचार, हत्या, हिंसा लगायत कै कारणले पनि नेपालमा संघीयता कम्जोर भइसहेको छ, त्यसैले सम्पूर्ण देशभक्त शक्तिहरु एकजुट भई फाल्नुको विकल्प छैन ।’

    कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना पुनले सम्बोधन गर्दै कोरोना महामारीमा कैयौं युवाहरुले रोजगार गुमाएर बसेका छन्, उनीहरुको व्यवस्थापन र संक्रमित व्यक्तिहरुको निःशुल्क उपचारमा समेत सरकार उदासिन भएको बताउनु भयो ।

    मूल प्रवाहका अध्यक्ष दुर्गा बहादुर केसीको अध्यक्षता र केन्द्रीय सचिव प्रेम पौडेलको सञ्चालनबाट अगाडि बढेको कार्यक्रममा उपाध्यक्ष कपिल खनालले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रमा समाजका महासचिव ठाकुर खनाल, सल्लाहकार धनवीर पुन, राजमो लुम्बिनी प्रदेशकी सांसद तारा जिसी, दक्षिण भारत क्षेत्रीय अध्यक्ष, महेन्द्र बस्याल, सुदूर पश्चिमोत्तर क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, पश्चिमोत्तर क्षेत्रीय कावा अध्यक्ष विक्रमसिंह राणा, मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेल, मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष वेल बहादुर रजाली, पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष बेद बहादुर कार्की, मध्य भारत क्षेत्रीय अध्यक्ष केवी खड्का र पूर्वि भारत क्षेत्रीय अध्यक्ष हरिप्रसाद शर्मा लगायतले मन्तव्य दिनुभएको थियो ।

    चेन्नईमा ऐक्यवद्धता सभा
    राजमोले घोषणा गरेको संघीयता विरुद्धको देशव्यापी कार्यक्रमप्रति ऐक्यवद्धता प्रकट गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको आयोजनामा सभा सम्पन्न पारिएको छ । अर्जुन केसीको अध्यक्षता र पदम पौडेलको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा राजु अधिकारीले स्वागत गर्नुभएको थियो भने कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष देव बहादुर लामीछाने, सल्लाहकार कुल बहादुर थापा, केन्द्रीय सदस्य महेन्द्र बस्याल, केन्द्रीय सदस्य मोहराज चालिसे, क्षेत्रीय सदस्य केशमान नेपाली र महिला विभागबाट पुष्पा पौडेलले मन्तव्य दिनुभएको थियो ।

    चेन्नई पूर्व
    त्यस्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व नगर समितिको आयोजनामा ऐक्यबद्धता कार्यक्रम सम्पन्न गरिएको छ । चन्द्र बहादुर थापाको अध्यक्षता, नगरकोटि प्रसाद पोख्रेलको सञ्चालन दक्षिण भारत क्षेत्रीय सदस्य काशिराम शर्मा र महिला बिभाग पूर्व नगर समिति संयोजक श्रीमती लक्ष्मी चालिसेको अथिति आसनगरण पछि शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि नगर ओमकान्त शर्माले स्वागत मन्तव्य दिनु भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी काशिराम शर्माले संघीयता नेपाली जनताको आबश्यकता नभएको बताउनु भयो । नेपाल र नेपाली जनताको लागि सहि नभएको शर्माको भनाई थियो । शर्माले संघीयता खारेज हुनु पर्नेमा जोड दिनुभएको थियो । त्यस्तै महिला नेतृ लक्ष्मी चालिसे, नगर समितिका सहसचिव टिका थापा, नगर समितिका कोषाध्यक्ष सुर्य प्रसाद भुसाल, नगर सदस्य लक्ष्मण चालिसे, लोक प्रसाद पराजुली, बिमल बहादुर लामेछाने र सेमनचरी एरिया सदस्य प्रथम बहादुर रोका क्षेत्रीले कार्यक्रममा मन्तव्य दिनुभएको थियो ।

    चेन्नई उतर
    त्यस्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिको आयोजनामा नेपालमा भईरहेको संघीयता बिरुद्ध आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै सभा सम्पन्न पारिएको छ । तिलकराम गोराथोकीको अध्यक्षतामा र रमेश बस्नेतको सञ्चालनमा अतिथि आसन ग्रहण पछि एक मिनेट मौनधारण पछि तिल बहादुर बिकले स्वागत मन्तव्य दिनु भएको थियो ।

    कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष शेरबहादुर विक, विद्यार्थी केन्द्रीय उपाध्यक्ष बिक्रम केसी, लोकनाथ आचार्य, सोनु बराल र प्रकाश आचार्यले मन्तव्य दिनुभएको थियो । गोपाल बिकले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिनुभयको थियो ।

    संघियता खारेजीको आन्दोलनमा हिसारबाट ऐक्यवद्धता
    यता, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारको आयोजनामा सो आन्दोलनलाइ समर्थन गर्दै ऐक्यवद्धता सभाको आयोजना गरिएको छ । नगर सचिव तारा सोमरेको संचालन र नगर उपाध्यक्ष बाबुराम शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न अतिथी हरुको अतिथी आशन आग्रह पश्चात विष्णु गौतमले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो।

    कार्यक्रममा सुदूरपश्चीमोत्तर क्षेत्रीय सदस्य एंव नगर अध्यक्ष नन्दबहादुर लम्तरी, महिला विभाग क्षेत्रीय समितिकी सदस्य निरु सारु, सीता पोख्रेल, लालबहादुर चुदाली, दुर्गा शर्मा, विष्णु जिसी, सुरेस क्षेत्रीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    संघीयता विरुद्ध मूल प्रवाह दृढ छः सापकोटा
    यता, मूल प्रवाह रोपड नगर समितीले पनि संघीयता विरुद्ध ऐक्यवद्धता सभा सम्पन्न गरेको छ । सभामा मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदूरपश्चीमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले सम्बोधन गर्दै संघीयता खारेजीका लागि मूल प्रवाह दृढ रहेको बताउनुभएको छ ।

    सभालाई सम्बोधन गर्ने अन्य वक्ताहरुमा क्षेत्रीय सदस्यहरु शिवलाल लामीछाने र खगी थापा, जनजाति क्षेत्रीय विभागका बिल बहादुर गुरूङ, सोभाराम सापकोटा, महिला विभाग की लक्ष्मी गुरूंङ, मन्जू थापा लगाएत हुनुहुन्थ्यो।

    टेक बहादुर थापाको संचालनमा तथा भक्त बहादुर थापाको अध्यक्षतामा सम्पन्न ऐक्यवद्धता कार्यक्रममा कलाधर सापकोटाले स्वागत गर्नुभएको थियो।

    पञ्जावको लुधियानामा कार्यक्रम
    यसैगरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना तथा लुधियाना फोकल पाइन्ट नगरसमितिको संयुक्त आयोजनामा संघीयता विरुद्ध ऐक्यवद्धता कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ । मान बहादुर थापाको अध्यक्षतामा तथा मान बहादुर आलेको संचालनमा सम्पन्न सभामा गणेश विकले स्वागत गर्नुभएको थियो।

    सो सभालाई मूल प्रवाह क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष उदैसिंह चन्दं, क्षेत्रीय सदस्य रामचन्द्र पौडयाल, रक्तिम विभागका नारायण पोखरेल, लुधियाना नगरसमितिका भगत विक, र माधव भट्टराई, समता विभागका शंकर परियार, महिला विभागवाट दिपा चन्दं र सिवीललाइन एरियावाट पदम पोख्रेल लगाएतले सम्बोधन गर्नु भएको थियो ।

    श्रीगंगानगरमा ऐक्यवद्धता
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितीको आयोजनामा संघीयता विरुद्धको ऐक्यवद्धता कार्यक्रम भव्य तथा सानदार रुपमा सम्पन्न गरिएको छ ।

    सभाका प्रमुख अतिथी कृष्ण जिसीसहित केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय परिषद सदस्य हुमबहादुर विक, नगरका रामप्रसाद पौडयाल, समितीका महिला क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, वाग्मती केसी, वसन्ता नेपाली, महिला नगरकी सावित्रा विक, खेल विभागका बसन्त भण्डारी र हरि न्यौपाने, लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम रेशम भण्डारीको सञ्चालनमा तथा गिरु प्रसाद न्यौपानेको अध्यक्षतामा तथा हुमबहादुर विकको स्वागतबाट अघि बढेको थियो ।

    देशलाइ विखण्डनबाट बचाउन पहल गरौँः खडका
    यता, चण्डिगढमा पनि मूल प्रवाहले ऐक्यवद्धता सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले देशव्यापी रुपमा भइरहेको राजमोको संघीयता विरुद्धको कार्यक्रमप्रति ऐक्यवद्धता प्रकट गर्दै देशलाई विखण्डन हुनबाट बचाउन संघीयता खारेज गर्नुपर्ने बताउनुभयो ।

    नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षता तथा सचिव तेज बहादुर रोकाद्वारा संचालन गरिएको कार्यक्रममा उपाध्यक्ष वालाराम न्यौपानेले स्वागत गर्नु भएको थियो ।

    सभामा केन्द्रीय सल्लाहकार तिलक पौडयाल, केन्द्रीय सल्लाहकार एंव नेपाली समाचार संयोजक खिमराज चालिसे, सुदूरपश्चीमोत्तर क्षेत्रीय महिला क्षेत्रीय सचिव जुना चालीसे, समता केन्द्रीय विभागका बिनु नेपाली, महिला क्षेत्रीय सदस्य सिमा खडका, नगर सदस्य सरस्वता भुसाल, जनजाति विभागका थमन थापा, रक्तिम विभागका अर्जुन विक, विद्यार्थी क्षेत्रीय सदस्य सदस्य सुरज चालिसे, विद्यार्थी नगर अध्यक्ष नारायण आचार्य, बाल विभागका संदीप विक, मोहाली एरियाका

    लिला विक, सिटि एरिया अध्यक्ष दुर्गा विक, इन्डस्ट्रीयल एरिया सचिव थानेश्वर पाण्डे, मध्यसिटि एरियावाट लक्ष्मण पाण्डे लगाएत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    पाण्डिचेरीमा पनि ऐक्यवद्धता सभा
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा, नेपालमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संघीयता खारेजीको आन्दोलनप्रति ऐक्यवद्धता सभा सम्पन्न गरिएको छ ।

    कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव तथा नगर अध्यक्ष जनकराज पौडेल, केन्द्रीय सदस्य भगवति कुँवर, परिषद् सदस्य, चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय समिति सदस्य डिल्ली प्रसाद शर्मा, विद्यार्थी विभाग क्षेत्रीय सचिव पृया कुँवरको आथित्यता रहेको थियो।

    नगर उपाअध्यक्ष नरबहादुर केसीको अध्यक्षता, सदस्य विष्णु शर्माको संचालनमा अघि बढेको कार्यक्रममा नगर सदस्य भद्रबहादुर जिसीले गत गर्नु भएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सचिव जनकराज पौडेलले संघीयता नेपालको सन्दर्भमा अफापसिद्ध भएको र संघीयताले देशको भौगोलिक अखण्डता सार्वभौमिकता प्रति खतरा पैदा गरेकोले यसलाई जतिसक्दो छिटो खारेजी गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा भगवति कुँवर, चन्द्रकान्त शर्मा, डिल्लीप्रसाद शर्माले पनि सम्बोधन गर्नुभएको थियो ।

    यस्तै, समता विभागबाट सूर्य गायक, महिला विभाग, सविता विक, रक्तिम विभाग, राजु थापा, कोईला पालायाम् एरिया समितिबाट मेघराज पौडेल, ईडियनचौंडी एरियाबाट शोमबहादुर चौधरी, उत्तर टाउन एरियाबाट प्रेम सुवेदी, मध्य दक्षिण टाउन, हिरा देवि शर्मा, मुदलियर पेट एरियाबाट पशुराम शर्मा, जिपमेर एरियाबाट श्रीकृष्ण खनाल, राष्टिय जनमोर्चा सिमरा एरिया समितिको तर्फबाट तिलप्रसाद शर्माले ऐक्यवद्धता प्रकट गर्नुभएको थियो ।

    आइतबार, मङि्सर १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.