काठमाडौँ । नेपाल विद्युत प्राधिकरण, हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइन आयोजनाका प्रमुख इश्वरीप्रसाद जैसवाल विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।
Advertisement
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख रुपियाँ बिगो कायम गरी शुक्रबार विशेष अदालतमा मुृद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार इन्जिनियर जैसवालले निर्माणाधिन प्रसारण लाइनभित्र पर्ने रुखहरू कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।
त्यससम्बन्धी विशेष सूचना एवम् उजुरी निवेदनका आधारमा आयोगको कार्यालय हेटौँडाबाट खटिई गएको टोलीले जैसवाललाई सेवाग्राहीबाट १० लाख रुपियाँ घुसबापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

