काठमाडौं । महोत्तरीको बर्दिवासमा सोमबार भएको गोलीकाण्ड छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । बिहीबार गृह मन्त्रालयले मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएको छ ।
बर्दिबासमा बालिका बलात्कार तथा हत्या घटनाका विरुद्ध भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएपछि आन्दोलन चर्कंदै गएको छ ।
बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलावसा खातुनको बलात्कार पछि हत्या भएको घटनाविरुद्ध भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागि स्थानीय बुद्धिराज न्यौपानेको मंगलबार मृत्यु भएको थियो।
गृह मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी छानबिन समिति गठन गर्नुका साथै मृतक बालिका खातुन र न्यौपानेको परिवारलाई उचित क्षतिपुर्ती दिने र घाइतेको उपचार गर्ने मन्त्रालयको सूचनामा उल्लेख छ । मन्त्रालयले घटनाका दोषीमाथि कारबाही गर्ने प्रतिवद्धतासमेत जनाएको छ ।
प्रहरीको गोली लागेका सञ्जयको मृत्यु भएपछि बर्दिवास फेरि तनावग्रस्त