• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

आशावादी हुन गुटेरेसको आग्रह

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. सर्वदलीय बैठक जारी

  • ९. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

फेरि दोहोरियो धनमाया गुरुङजस्तै घटना


  •   बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
  • गणेश अधिकारी/पोखरा
    पोखरामा धनमाया घट्ना दोहोरिएको छ । केही दिनअघि स्याङ्जा पुतलीबजारकी धनमाया गुरुङको उपचारका लागि पोखराका अस्पताल चाहार्दाचाहार्दै उपचार नभएर मृत्यु भएको थियो । बुधबार राती पनि त्यस्तै घट्ना दोहोरिएको हो ।

    Advertisement

    अन्नपूर्ण गाउँपालिका वडा नम्बर काँडेका ४८ वर्षीय राजेश कार्कीको धनमायाको जस्तै उपचारका लागि अस्पताल चाहार्दाचाहार्दै समयमै उपचार नपाउँदा मृत्यु भएको हो ।

    बुधबार साँझ ७ः३० बजे श्वास्थ्यमा समस्या आएपछि अस्पताल दौडाए पनि एकपछि अर्को अस्पतालले विभिन्न बहाना गरेर उपचार गर्न नमान्दा बिरामीको मृत्यु भएको मृतकका साला सुजन गुरुङले बताए । श्वासप्रश्वासको समस्या आएलगत्तै हामीले सुरुमा पोखराको मेट्रोसिटी अस्पताल लग्यौँ’ उनले भने– ‘तर अस्पतालले बिरामीको अवस्था हेर्नुको त परको कुरा, बिरामीलाई एम्बुलेन्सबाट झार्नसमेत दिएनन् ।’

    स्पतालमा आइसियू, भेन्टिलेटर केही पनि छैन भन्दै मेट्रोसिटी अस्पतालले फकाएइदिएको गुरुङको भनाइ छ ।

    मेट्रोसिटीले उपचार गर्न नमानेपछि हामीले भिनाजुलाई लेकसिटी हस्पिटल लग्यौैँ’ उनले भने– ‘त्यसले पनि आकस्मिक कक्षमा एक छिन राखेपछि भेन्टिलेटर छैन भन्दै फर्काइदियो ।’ लेकसिटीले आफूसँग आइसियू र भेन्टिलेटर नभएकाले आइसियू र भेन्टिलेटर भएको अस्पताल लैजान भनेर पठाएको गुरुङले बताए । ‘बिरामीको अवस्था थप नाजुक भएर हामी आत्तिँदै त्यहाँबाट निस्केर अस्पताल खोज्दै भौतारिन थाल्यौँ । केही बेरपछि हामीले फिस्टेल हस्पिटल पु¥यायौँ’ उनले भने– ‘त्यहाँ एक छिन आकस्मिक कक्षमा राखेर अवस्था बुझेपछि हामीसँग भेन्टिलेटर छैन अन्तै लैजानू भने ।’ फिस्टेलका स्वास्थ्यकर्मीलाई हामीले कुनै अस्पतालमा रिफर गर्दिनू न त भन्दा हामीले भनेको भन्यो भने अर्को अस्पतालले झन् उपचार गर्न मान्दैनन् भनेर पन्छिएको गुरुङले बताए ।

    फिस्टेलपछि मणिपाल शिक्षण अस्पताल पुग्यौँ । तर अस्पतालले सुरुमा उपचार गर्न मानेन । करिब एक घण्टा अस्पताल प्राङ्गणमा राख्दा पनि उपचार गर्न नमानेपछि साथी रमेश भण्डारीलाई भनेर त्यहाँको एक डाक्टरलाई फोन गरेपछि मात्रै उपचार गर्न राजी भएर भर्ना लिएको गुरुङले बताए । मणिपालले उपचार सुरु गर्दा निकै नाजुक अवस्था भएको भिनाजुको राती १ बजे मृत्यू भएको गुरुङको भनाइ छ ।

    मणिपाल अस्पताल लैजानुभन्दा अगाडि चरक हस्पिटलमा समेत फोन गरेर बेड सोध्दा छैन भनेको गुरुङले बताए । भिनाजुमा श्वासप्रश्वासको समस्या भए पनि हस्पिटलहरूले कोरोनाको बिरामी भएको आशङ्कामा उपचार गर्न नमानेको हुन सक्ने उनको अनुमान छ । मणिपालले पनि मृत्युको कारणमा सस्पेन्स अफ कोरोना भनेर लेखेको भए पनि पिसिआर टेस्ट गर्न भने नभनेको उनले जानकारी दिए ।

    गुरुङले केही दिनअघि आफूले उपचार नपाएर मृत्यु भन्ने समाचार पढेको तर अहिले आफैले भोग्नुपरेको बताए । कोरोनाको बहानामा यहाँ उपचार नपाएरै मृत्युवरण गर्नुपर्ने अवस्था छ’ चित्त दुखाउँदै उनले भने– ‘यो विकराल स्थितिको अन्त्य हुनुपर्छ, अबदेखि कसैले पनि उपचार नपाएर मृत्यू भएको सुन्न नपरोस् ।’

    ‘अस्पतालको साह्रै दादागिरी नै रहेछ’ उनले भने– ‘अस्पतालको लापर्वाहीबारे छानबिन गरेर कारबाहीसमेत गर्न माग गर्छु ।’

    उनले समयमै उपचार पाएको भए आफ्नो भिनाजु बाँच्ने भए पनि अस्पतालकै लापर्वाहीले भिनाजुको मृत्यु भएको बताए । सुरुमा बेड छैन भनेर उपचार गर्न नमान्ने मणिपालले पछि साथीको फोनपछि बेड मिलाउनु र उपचार गर्नु पनि लापर्वाही भएको उनको भनाइ छ ।

    बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
    काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
    गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
    कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने व्यवस्था हुँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • २.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ३.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ४.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ५.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    • ६.
      इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    • ७.
      आशावादी हुन गुटेरेसको आग्रह

    • ८.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.