टेकराज भुसाल, बुटवल ।
रुपन्देहीको बुटवल कालिकानगरमा कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
Advertisement
बुटवलबाट भैरहवातर्फ जाँदै बा १२ च ७४५६ गरेको कार सडकमा अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।
राजमार्ग चौराहा नजिकै रहेको कालिका मानव ज्ञान मावि अगाडी सो कार दुर्घटना हुँदा कार कच्याककुचुक भएको छ ।
घाइते २ जनाकै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार शुरु भएको छ।