काठमाडौं । प्रा डा भीष्मराज प्रसाईँको मेडिसिटी इन्टरनेशनल हस्पिटलमा आज साँझ निधन भएको छ । उहाँलाई मुटुमा समस्या आएपछि गत कात्तिक २८ गते सो हस्पिटलमा भर्ना गरिएको थियो ।
Advertisement
नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार तथा प्रवत्र्तक मानिनुहुने उहाँ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन र त्रिविका शिक्षाध्यक्ष र राजपरिषद्का सदस्य पनि हुनुहुन्थ्यो ।
प्रा डा प्रसाईँका एक दर्जन जति साहित्यिक कृति प्रकाशित छन् । उहाँ भानुभक्त पुरस्कार, त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, नइ देरूनीख सुकीर्ति पुरस्कार आदिबाट सम्मानित हुनुभएको साहित्यकार नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो । उनानब्बे वर्षीय प्रा डा प्रसाईँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।(रासस)

