• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

यतिसम्म निर्दयी छन् अस्पतालहरू (समाचार टिप्पणी)


  •   शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
  • कृष्ण अधिकारी/ पोखरा ।।

    Advertisement

    स्याङजाकी धनमाया गुरुङलाई उपचारका लागि डुलाउँदा–डुलाउँदै मङ्सिर ५ गते मृत्यु भएको खबरले म स्तब्ध भएँ । आज मङ्सिर ६ गते म बिहानै उठेर रेडियो साराङकोट एफएम सुन्दै बागलुङका लागि जिप खोज्दै पोखराको जिरोमा आउँदै थिएँ । एफएमले भनेको समाचार सुन्दा मानवीय मूल्य यतिसम्म गिरेछ भन्ने कुराले मन भतभती पोलेर समाचारको टिपोट कोर्दै छु।

    ६० वर्ष पार गरिसकेकी धनमायाका श्रीमान पेन्सेनर रहेछन् । बुढेसकालको उमेर श्रीमान–श्रीमती नै केही बिमार परिएला भनेर घर स्याङजा भए पनि ठुला अस्पतालहरू नजिक पार्न उनीहरू पोखरा आएर बुद्धचोकनजिक डेरा गरेर बसेका रहेछन् ।

    हिजो बिहानतिर श्रीमती धनमायालाई सास फेर्न केही गाह्रो भएपछि श्रीमान आत्तिए । कोठाबाहिर निस्केर छरछिमेकलाई भनेँ । उनीहरूकै सहयोगमा एउटा ट्याक्सी खोजेर सृजनाचोकको मेट्रो सिटी पुर्याए । बेड नभएको भन्दै अस्पतालले बिरामी लिएन । त्यही ट्याक्सीमा गण्डकी अस्पताल पुर्याइयो । त्यहाँ पनि बेड नभएको बताइयो । ट्याक्सीमै फेरि चरक पुर्याइयो, तर पनि भर्ना भएन । फेवासिटी पुर्याइयो, त्यहाँ पनि भर्ना भएन ।

    अन्तिममा उही टैक्सीमा मणिपाल पुर्याइयो । मणिपालले भर्ना गर्ने भए सवा लाख (१,२५,०००) रुपियाँ धरौटी जम्मा गर्न भन्यो । न बिरामीका श्रीमानसँग, न साथ दिन बिरामी लिएर गएका छिमेकीसँग तत्कालै यति धेरै रकम हुने कुरा भयो । साथमा गएका छिमेकीले अस्पताल प्रशासनलाई पैसापछि जम्मा गर्छौं, बिरामी हेर्नुहोस् भन्दा पनि केही लागेन । छिमेकिले सिडियोलाई फोन लगाए, फोन उठेन । एसपीलाई फोन गरे । उनले यो आफ्नो विभागको केस नभएको जवाफ दिए । अन्ततः धनमायाको उही ट्याक्सीमै प्राण गयो ।

    कति हृदयविदारक घटना ! यो अक्कलझुक्कलमा कुनै एक ठाउँमा मात्र घटेको घटना होइन, यस घटनाले समग्र हाम्रो देशको स्वास्थ्यस्थितिको प्रतिनिधित्व गरेको छ । स्वास्थ्यक्षेत्रप्रति राज्यको दायित्व के हो ? धनमायाको मृत्युमा को दोषी छ : डाक्टर ? निजीक्षेत्रका स्वास्थ्य माफिया वा हाम्रो मानवीय संवेदनहीनता ? यस्तो चोट परेक बेला बिरामी भर्ना नगर्ने अस्पताललाई पेट्रोल छर्केर आगो झोसिदिए के हुन्छ ?

    मानव स्वास्थ्यजस्तो संवेदनशील विषयमा आज जेजति लापर्वाही भएको छ, यसलाई तत्काल रोक्नुपर्छ । मानवस्वास्थ्यको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ ।

    शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.