काठमाडौं । नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ । मन्त्रिपरिषद बैठकले दरबन्दी थप गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
Advertisement
योसँगै नेपाल प्रहरीमा प्राविधिक बाहेक ४ एआईजी रहने भएका छन् । डीआईजीको संख्या जनपदतर्फ नै १९ पुगेको छ । नयाँ दरबन्दी कायम भएसँगै अब प्रहरीमा रोकिएको बढुवा अगाडि बढ्ने छ ।
गत चैतमा मात्रै सरकारले १२ डीआईजीको दरबन्दी कटौती गरेको थियो । कुनै समय नेपाल प्रहरीमा ४१ सम्म डीआईजी र १६ एआईजीको दरबन्दी कायम गरिएको थियो ।

