दाङ । दुर्घटनामा परि दाङमा एक सञ्चारकर्मीको मृत्यु भएको छ । दाङ तुलसीपुरस्थित रेडियो हाम्रो पहुँचमा कार्यरत तुलसीपुर उपमहानगरपालिका– १९ बिजौरी निवासी २२ वर्षकी मनिषा लामिछानेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
Advertisement
बिजौरीबाट उनी कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्म चोकमा लुअअक ३९४६ नम्बरको स्कारपिओ गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक विराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए।
मनिषाको कोहलपुरमा उपचारका क्रममा सोमबार साँझ निधन भएको हो । उनका दाजु विराजको कोहलपुरमै उपचार भइरहेको छ ।
मनिषा दाङको तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचमा सहायक प्राविधिक पदमा कार्यरत थिइन्।

