• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

‘बुबा र पार्टीको विरुद्ध भाइलाई उपयोग गरियो’


  •   बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
  • अहिले केसीजीको अवस्था कस्तो छ ?
    बुवा अहिले गम्भीर अवस्थामा उपचार गराइ रहनुभएको छ । यद्यपी डाक्टरहरुले खतरामुक्त भनेका छन् । तर, अवस्था सोचेजस्तो सहज पनि छैन । ८२ वर्षको वृद्ध शरीर, लामो समयदेखि पेटको रोगी, डायरिया, निमोनियासँगै कोरोना पोजेटिभ हुनु सामान्य कुरा होइन । एक त हामीले समयमै कोरोना संक्रमण भएको थाह पाउन सकेनौं । अब अस्पतालमा कोरोनासँगै अन्य रोगको पनि उपचार भइरहेको छ । कोरोना संक्रमित भएका कारण हामी नजिक जान र स्याहार सुसार गर्न पनि पाएका छैनौं । डाक्टरहरुले औषधि चलाइरहेका छन् । खतरामुक्त भनेका छन् । तैपनि अवस्था अलि जटिल नै भएजस्तो लाग्छ ।

    Advertisement

    उपचारमा संलग्न चिकित्सकको भनाई के छ नि ?
    चिकित्सकहरुका अनुसार उहाँलाई आज (बिहीबार) बिहान कोरोनाविरुद्धको रेम्डेसिभिर नामक औषधि दिइएको छ । राति निमोनियाको औषधि दिएको थियो । बुवासँग कुरा गर्दा मुख सुकेको र अलि अप्ठेरो भएको बताउनु भएको थियो । यद्यपी चिकित्सकले अवस्था खतरामुक्त नै रहेको र अवस्था सुधार हुँदै गएको बताएका छन् ।

    बिरामी हुनुभएको कति भयो ?
    बुवाको पेटसम्बन्धी समस्या पहिल्यैदेखि थियो तर खासै असहज भएको थिएन । हामी असोज २२ गते भैरहवा गएका थियौं । एक हप्तासम्म बिहान मर्निङ वाकमा निस्किएका थियौं । त्यतिबेला सम्म ठिकै थियो । एक हप्तापछि बुवाले शरीर गल्यो म त सक्दिन क्याहो भन्नुभयो । अनि ज्वरो र रुघाखोकी पनि लाग्यो । भैरहवामै एउटा मेडिकलमा उपचार गरियो । सिजनको ज्वरो ठिक भइहाल्छ भन्ने लाग्यो । तर ठिक भएन छाति दुख्न थाल्यो भन्नुभयो । त्यसपछि बुटवल लग्यौं र थप उपचार गर्यौं । तैपनि ठिक भएन । कोरोना पनि परीक्षण गरिएको थियो । निगेटिभ देखायो । त्यस अघि काठमाडौंबाट जाँदापनि कोरोना परीक्षण निगेटिभ नै आएको थियो । त्यसैले कोरोना संक्रमण छैन भन्नेमै हामी ढुक्क थियौं ।

    तर, बुवाले खाना खान छोडेको करिब १५ दिन भइसकेको थियो । काठमाडौं आउनु अघिल्लो दिनदेखि त पानी पनि खान मन गर्नुभएन । त्यसैले तत्काल निर्णय गरेर मंगलबार (कात्तिक २५) गते काठमाडौं ल्यायौं । यहाँ भर्ना गर्नासाथ निमोनिया देखियो । हिजो (बुधबार) कोरोना रिपोर्ट पोजिटिभ आयो ।

    पार्टीले उपचारका लागि सहयोग आह्वान गरेको छ, यसप्रति परिवारको धारणा के हो ?
    हाम्रो बुवा परिवारको मात्रै अभिभावक होइन, उहाँ पार्टी र देशकै अभिभावक हो । त्यसकारण पार्टीले उपचारका लागि सहयोग आह्वान गर्नु सकारात्मक हो ।
    फेरि हाम्रो आर्थिक अवस्था पनि सबल छैन, यो कुरा त सबैलाई थाहै छ । बुवा सधैँ भ्रष्टाचारका विरुद्ध संघर्ष गरिरहनुभयो । राजनीतिमा लागेर कहिल्यै धन सम्पत्ति कमाउनुपर्छ भन्ने सोच राख्नुभएन ।

    यहाँ अस्पतालमा भर्ना गर्नासाथ तीन लाख रुपैयाँ धरौटी राख्नुपर्यो । अब कोरोना पनि देखिएपछि उपचार खर्च कति लाग्छ थाह छैन । उपचार पनि लामो समयसम्म चल्छ होला । परिवारलाई सहयोग गर्ने कान्छो भाइ (बिष्णु केसी) आफैँ बिरामी छ । औषधि खाइरहनुपरेको छ ।

    परिवारको आर्थिक अवस्था कमजोर भएका कारणमात्रै नभएर उहाँ पार्टीकै अभिभावक भएका कारण पनि पार्टीको योजना र सल्लाहलाई नै हामीले परिवारको योजना मानेका छौं ।

    तपाईंकै भाइ (सचित्र केसी) ले त बुवाको अवस्था सामान्य छ, यो जनमोर्चाको पैसा उठाउने मेलो हो भनेछन् नि त ?
    उसले किन त्यस्तो लेख्यो मत अचम्ममा परेको छु । बुवाको अवस्था यस्तो छ । उसलाई घर परिवारको कुनै वास्ता छैन । घरमा पैसा पठाउने त परको कुरा दुई वर्षदेखि खासै सम्पर्क पनि गरेको छैन । त्यसलाई बुवा र पार्टी विरुद्ध कसैले उपयोग गरेजस्तो लाग्छ । त्यसको फेसबुक स्ट्याटसले कतिपयलाई भ्रम पनि परेको होला । तर ज जसले सचित्रलाई चिनेका छन्, त्यसप्रति कसैले वास्ता गरेको छैन र गर्नुपनि हुँदैन ।

    फेसबुकमा अनर्गल लेखेर फोन स्विच अफ गरेर बसेको छ । बुवाको अवस्थासँगै भाइको व्यवहारले हामीलाई थप तनाव दिएको छ ।
    त्यसले छरेको भ्रममा नपर्न म सबैसँग आग्रह गर्दछु ।

    सचित्रलाई कसले र किन उपयोग गरेजस्तो लाग्छ ?
    बुबाले राष्ट्रियता र जनतन्त्रका लागि लिनुभएको अडान, भ्रष्टाचारविरुद्ध जीवनभर गरेको संघर्षबाट कैयौं मानिसहरु अत्तालिएका छन् । उनीहरुले चित्रबहादुर केसीको राजनीति सखाप पार्न पहिल्यैदेखि लागिपरेका हुन् । उहाँविरुद्ध दुष्मनहरुले आक्रमण गर्नु त स्वभाविकै हो । तर भाइलाई नै उपयोग गरियो जस्तो लाग्छ । उ त्यसरी उपयोग हुनुहुन्थेन । त्यसलाई कसले उपयोग गरेको होला भन्ने कुरामा हामी पनि छक्क परेका छौं ।

    बिरामी जस्तो संवेदनशील अवस्थामासमेत कतिपय मानिसहरुले राजनीति गरेका छन् । सचित्रलाई नचिन्नेहरुले त उसको स्ट्याटस सेयर गरेर के हो ? भनिरहेका छन्, त्यो स्वभाविकै हो । तर जस जसले उसलाई चिनेका छन्, उसको व्यवहार थाह छ तिनिहरुले समेत उछालिरहेका देख्दा दुःख लागेको छ ।

    (राष्ट्रिय जनमोर्चाका अध्यक्ष  चित्रबहादुर केसीकी छोरी भानु जिसीसँग सम्पादक विद्यानाथ अधिकारीले गरेको कुराकानीमा आधारित)

    यो पनि :

    महामन्त्री सिंहद्वारा राजमो अध्यक्ष केसीको स्वास्थ्य लाभको कामना

    अध्यक्ष केसीको उपचारका लागि सहयोग गर्न राष्ट्रिय जनमोर्चाको अपिल

     अध्यक्ष केसीलाई कोरोना पोजिटिभ

     

    बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.