काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर यस वर्षको भाइटीकाको दिन खुला हुने भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण पछि पहिलोपटक खुला गर्न लागिएको हो ।
Advertisement
राट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशिल ज्ञवालीले बालगोपालेश्वर मन्दिर सर्वसाधारणलाई प्रवेश खुल्ला गरिने जनाएका छन् ।
यसको व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग छलफल गरेको सीईओ ज्ञवालीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरुले भाइटिका लगाउने परम्परा रहेको छ ।