• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सामन्तवाद विरोधी जनवादी म्युजिक भिडियो “माइती”


  •   मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित
  • गिरीप्रसाद बुढा ।।
    मान्छे आफै आँसु बगाउँदैन । मान्छे त्यत्तिकै दुःखी हुँदैन । विशेष–विशेष परिघटनाले मान्छेलाई दुःखी बनाइदिन्छ । आँसु बगाउन बाध्य तुल्याउँछ । हाम्रो समाजमा आउने दसैँ र तिहार यस्तै विशेष सन्दर्भहरू हुन्, जसले समाजका थुप्रै मानिसलाई आँसु बगाउन र दुःखी बन्न बाध्य बनाइरहेको हुन्छ ।

    Advertisement

    हुन त दसैँ र तिहारजस्ता चाडपर्वलाई खुसी र उमङ्गका साथ मनाउनका लागि कामना गरिन्छ । तर यै दसैँ र तिहारले धेरैभन्दा धेरै मानिसलाई निरास बनाइदिन्छ; दुःखी बनाइदिन्छ र आँसु बगाउन बाध्य पारिदिन्छ । यस्तो किन हुन्छ भने दसैँतिहारजस्ता चाडपर्वलाई हाम्रो समाजका मान्छेहरूले आफ्नो हैसियत र जीवनको स्तर प्रदर्शन गर्ने दिनको रूपमा बुझ्ने र व्यवहार गर्ने गर्दछन् । यही हैसियत र स्तर प्रदर्शन गर्ने क्षमता नभएकै कारण दसैँ र तिहारजस्ता चाडपर्वले गरिब किसान वर्गका मान्छेलाई दुःखी हुनुपर्ने र आँसु बगाउनुपर्ने बाध्यता आइपर्छ ।

    एउटै छिमेकमा पनि एउटा घरमा खसी काटेर भोज चल्छ, अर्काे घरमा खोले पकाउनलाई समेत चुलो बल्दैन । एउटा घरका केटाकेटीले नयाँ र महङ्गा लुगा किन्छन्, अर्काे घरमा पुराना लुगा धुनलाई साबुन किन्ने पैसा हुँदैन । एउटा घरमा नाना थरिका सेल रोती र भोजन पाक्छ, अर्काे घरमा तरकारीमा हाल्ने तेल हुँदैन । कुनै घर लाखौँ रुपियाँमा रङरोगन हुन्छ, कुनै घरले रातो माटो र सेतो कमेरो पाउँन गाह्रो हुन्छ ।
    यसरी करिब महिनादिनजति समय पुरैयस्ता विभेद प्रदर्शन हुने दिन बन्दछन् । यही विभेद प्रदर्शन गरिने संस्कारका कारण गरिब किसानका लागि ऋण थपिने दिन बन्दछन् । यति मात्रै होइन, यी दिनमा तास खेल्ने, जाँडरक्सी खाने, कथित देवीदेवता तथा भगवान्का पूजापाठ गर्नेजस्ता थुप्रै रूढीवादी र विकृति–विसङ्गतिका काम बढी हुने गर्दछन् । रूढीवादी तथा सामन्ती चिन्तनको उपजको रूपमा विकसित भएको यस्ता खराब संस्कारबाट सबैभन्दा धेरै त समाजका महिला नै प्रताडित भएका हुन्छन् ।

    यी दिनमा धनी माइती हुने चेलीको बेग्लै सान हुन्छ । गरिब माइती हुने चेलीलाई हिनताबोधले पिरोल्न थाल्दछ । माइती तथा दाइभाइ नै नहुने चेलीका निम्ति त झन्् तिहारै अभिशापजस्तो भइदिन्छ । उनीहरूलाई यी दिनमा रोएर समय बिताउनुपर्ने हुन्छ ।

    यस्तै, माइतीको सम्झनमा तड्पिरहेकी एक दुःखी चेलीको कारुणिक परिवेशलाई चित्रण गरेर रक्तिम सांस्कृतिक अभियान सुर्खेतले जनवादी म्युजिक भिडियो “माइती” सार्वजनिक गरेको छ । यस जनवादी म्युजिक भिडियोको कथा सार यस प्रकार रहेको छ :

    गाउँमा तिहारको रमझम चलिरहेको हुन्छ । मानिसहरू देउसीभैलोको रमाइलोमा मस्त हुन्छन् । तर एउटी चेलीलाई भने बारम्बार माइतीकै याद आइरहन्छ । यो तिहारको रमाइलोले ती चेलीलाई कदापि छुन सकेको हुँदैन । यस्तो रमाइलो चाडपर्वको बेलामा पनि उनी निरास र उदास देखिन्छिन् । उनका साथीसङ्गी जोरमादल घन्काएर र गलामा फूलका माला लगाएर छिमेकीको घरमा भैलो खेल्दै गर्दा उनी दाउराको भारी बोकेर घर फर्किरहेकी हुन्छिन् । दाउराको भारीसँगै टक्क उभिएर एक छिन उनी टाढैबाट साथीसँगीको रमाइलोतिर एकहोरो टोलाउछिन् । एकै क्षणपछि निरास भावमा उनी आफ्नो घरतिर अगाडि बढ्छिन् । घरको दलानमा उनकी बुढो ससुराबाले एकहोरो हुक्का तानिरहेका हुन्छन् । उनी दौडेर कोठाभित्र पस्दा बुढो ससुराबाले पुलुक्क हेर्छन् मात्रै, उनी केही पनि बोल्दैनन् । ती चेली घरभित्र पसेर भित्तामा सजाएर राखिएको आफ्नो प्यारो दाइको तस्बिरमा घोप्टो परेर आँसु बगाउन थाल्छिन् । यसरी उनले पटक–पटक आफ्नो माइती सम्झेर आँसु झारिरहन्छिन् ।

    उनको माइतीघर एक सामान्य किसान परिवारको थियो । उनको विवाह नहुँदै अर्थात् उनी जन्मघर रहँदाको क्षण कम्ती रमाइला थिएनन् । उनी आफ्ना प्यारो दाइसँगै मेलापात गर्थिन्; घासदाउरा गर्थिन् । आफ्नो प्यारो दाइको आत्मीयतामा वनपाखामा हाँस्थिन्, खेल्थिन् र नाच्थिन् । हरेक वर्षको तिहारमा उनले आफ्नो प्यारो दाइलाई सप्तरङ्गी टिका र सयपत्री मालाले सिँगार्ने गर्दथिन् । तर आजको दिनमा विगतका उनका सम्पूर्ण खुसीयाली उनको आँखामा केवल सम्झन मात्रै बाँकी बनेर रहेका छन्; किनकि उनी यति बेला जन्मघरमा छैनिन् । उनी कर्मघरको मेलापात र चुलोचौकोमा जिन्दगी बिताइरहेकी छिन् । अनि, माइतीघरमा पनि उनको प्यारो दाजु यो संसारमा छैनन् । लाऊँलाऊँ र खाऊँखाऊँको रहरलाग्दो उमेरमा नै उनको प्यारो दाजुको मृत्यु भइसकेको हुन्छ ।

    वास्तवमा उनको दाजुको मृत्यु सामान्य मृत्यु हुँदैन । सामन्ती व्यवस्थाको उत्पीडनको कारणले नै उनको दाजुको मृत्यु भएको हुन्छ । यी दुःखद परिघटनाको स्मरणले ती चेलीले बारम्बार आँसु झार्नुपरिरहेको हुन्छ । त्यसमा पनि आज त झन् उनको आँखाबाट बढी नै आँसु झरिरहेको छ; किनकि आज भाइटिकाको दिन । यो दिनले उनलाई झन् धेरै माइतीको याद दिलाइरहेको छ ।

    आज भाइटिकाको दिन ती चेलीको घरमा उनकी नन्द सप्तरङ्गी टिका र सयपत्री माला लिएर आएकी हुन्छिन् । घरको आँगनमा सपरिवार बसेर भाइटिका मनाउन सुरु हुन्छ । जब नन्दले आफ्नी दाइलाई टिका लगाइदिन सुरु गर्छिन्, तब यो दृष्यले ती चेलीलाई आफ्नो पनि माइतीमा दाइ भइदिएको भए भन्ने यादले सताउन थाल्छ । उनलाई ती दिनको सम्झना आउन थाल्दछ, जुन दिनमा उनी पनि यसरी नै आफ्नो प्यारो दाजुलाई यसरी नै टिका लगाइदिएर खुसी हुन्थिन्; तर आजको दिन उनीसँग उनको प्यारो दाजु साथमा छैनन् । साथमा मात्रै होइन, यो संसारमा नै छैनन् । त्यसैले आज उनको मनभरि वेदनाको लहर मात्रै उर्लेर आउँछ । तर पनि आजको दिनमा उनको आफ्नो परिवारमा वेदनाको आँसु देखाउने चाह हुँदैन । उनी आफूलाई सम्हाल्न हर कोसिस गर्छिन् । तर छातीभित्रबाटै छल्किएर आएको आँसुको भेललाई उनले कसरी लुकाउन सक्थिन् र ? उनको आँखामा आँसुको थोपा टल्पलाउन थाल्छ । उनी त्यो ठाउँमा बस्न नसक्ने हुन्छिन् । उनी मुख छोपेर घरभित्र पस्छिन् । त्यहाँ उनी आफ्नो घरको भर्याङमा अडिएर धित मरुञ्जेल बेस्सरी रुन थाल्छिन् । उनलाई यसरी रोएर आफूलाई कमजोर नपार्न घरका परिवार सबैले सम्झाउँछन्, तैपनि उनलाई माइतीको यादले सताउन छोड्दैन । चाहे दिनको मेला पातमा होस् चाहे रातमा सुतेको बेलामा होस्, उनको आँखामा माइतीको याद बारम्बार आई नै रहन्छ ।

    अन्तमा ती चेलीले आफूलाई सम्हाल्नैपथ्र्याे । त्यसैले उनी आफूलाई सम्हाल्छिन् । उनले आफ्नो माइतीको बिचल्ली पार्ने चिज सामन्ती व्यावस्था हो भन्ने कुरा अभिव्यक्त गर्दै सामन्ती व्यवस्थाको विरुद्धमा आक्रोस पोख्छिन् । अब उनले आँखाबाट बगिरहने आँसुको भेललाई शक्तिमा बदल्ने प्रण गर्छिन् र यसरी यो जनवादी म्युजिक भिडियोको कथावस्तु टुङ्गिन्छ ।

    यस म्युजिक भिडियोमा दुई वटा फरक–फरक गीतको प्रयोग गरिएको छ । प्रारम्भमा सोरठी लयमा आधारित भैलो गीतको केही अंशमार्फत यो भिडियोलाई अगाडि बढाइएको छ । प्रारम्भमा प्रयोग गरिएको यस गीतलाई हामी म्युजिक भिडियोमा प्रयोग गरिएको सहायक गीतको रूपमा लिन सक्छौँ ।

    यसपछि मुख्य गीतको सुरुवात हुन्छ । यो मुख्य गीतको एक स्थायी भागसँगै दुईदुई हरफका तीन अन्तरा भाग रहेका छन् । यसरी संरचनात्मक दृष्टिले यो गीतलाई मध्यम रूपमा लिन सकिन्छ । यसमा गुञ्जने स्वर तथा सङ्गीत भने अत्यन्तै कर्णप्रिय रहेको छ । जोरमादल र सोरठी भाकाको साथमा भैली खेल्नु, कुनै चेली तिहार आउँदा माइतीलाई सम्झन्ु, विरानो ठाउँमा न्याउली झैँ रुनु, सयपत्री फूल ओइलेर झरेको सम्झँदा छातीभित्र भक्कानो पर्नु, दाइको मृत्युको खबर आउनु, दाइको तस्बिर छुँदा वा हेर्दा होस हराउनुजस्ता मार्मिक भावले यो गीतको प्रभावकारितालाई सशक्त रूपमा अगाडि बढाएको छ भने यसले हाम्रो समाजको सांस्कृतिक पर्वको पहिचानलाई स्थापित गरेको छ । त्यसैगरी सामन्ती व्यवस्थाले माइतीलाई बिचल्लीमा पार्नु, यो कुरा बुझ्न आँसुलाई शक्तिमा बदल्ने प्रण गर्नुजस्ता भावले मानिसमा वर्गीय तथा क्रान्तिचेत बोकेर अगाडि बढ्नुपर्ने सन्देश छरेको छ ।

    जनवादी म्युजिक भिडियो माइतीमा प्रयोग गरिएको गीत यस प्रकार रहेको छ :

    सहायक गीत
    तिहारै आयो हे राजै भैलोमा खेल्न आएको
    जोर मादल दम्फु भिरेर भैलीमा खेल्न आएको
    शिरैमा टोपी हे राजै गलामा माला लाएको
    वर्षमा आउने तिहारमा भैलीमा खेल्न आएको ।

    मुख्य गीत
    तिहार आउँदा रुन्छ यो मन माइतीलाई सम्झेर
    म कति रोऊँ बिरानो ठाउँमा नेउली बनेर

    उनेर राखुँ सयपत्री फूल ओइलेर झर्दछ
    सम्झेर ल्याउँदा यो छातीभित्र भक्कानो पर्दछ
    तिहार आउँदा…..

    खबर आयो संसारमै अब दाइ मेरो रहेन
    यो तिम्रो तस्बिर छोएर ल्याउँदा होस मेरो रहेन
    तिहार आउँदा…..

    माइतीलाई यस्तो बिचल्ली पार्ने सामन्ती व्यवस्था
    आँसुलाई अब शक्तिमा फेरी लौ बुझौँ अब ता
    तिहार आउँदा……

    गीतको भिडियो यहाँः वैदेशिक रोजगारीमा गएका ‘माइती’ जब रातो बाकसमा फर्कन्छन्…. (भिडियो)

    भिडियोको कमजोर पक्ष
    दाइको मृत्युलाई रहस्यमा राखिनु । माइती बिचल्लीमा परेको परिदृष्य उजागर गर्न नसक्नु । सामन्ती व्यवस्थाको उत्पीडनको कुनै क्रियाकलापको झल्को नदिई आरोप लगाउनु ।

    यस म्युजिक भिडियोमा देखिएको यो एउटा सानो कमजोरी हो ।

    यस भिडियोमा कमजोर पक्षभन्दा पनि यसको सबल पक्ष नै बढी चर्चा गर्नलायक रहेको छ । नेपालको प्रगतिशील तथा जनवादी म्युजिक भिडियोको क्षेत्रमा यस प्रकारको म्युजिक भिडियो बाहिर आउनु निश्चय नै हामी सबैका लागि खुसी र गर्वको कुरा हो ।

    मिरा थापाको स्वर तथा राजु ढकालको रचना र सङ्गीत रहेको गीत साँच्चै नै मर्मस्पर्शी रहेको छ । प्रगतिशील सांस्कृतिक क्षेत्रका अभियन्ता हेमराज आश्रमको निर्देशनमा तयार पारिएको यस म्युजिक भिडियो साँच्चै नै हाम्रो समाजको एक जीवन्त तस्बिरजस्तै रहेको छ । यस म्युजिक भिडियोलाई पूर्णतामा पु¥याउनका निम्ति मधुर बस्नेतले छायाङ्कनमा, नवीन निरौलाले इडिटमा, सन्देशले डोर्न पाइलटमा, सुकराम विकले मिक्सिङमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् भने विद्यार्थी नेतृ खगेन्द्रा विष्ट, साहित्यकार मीन राना तथा सोनाम लामाको सशक्त अभिनय रहेको छ । तिहारको सन्दर्भमा तयार पारिएको यो म्युजिक भिडियोले हरेक दर्शक तथा स्रोतालाई आनन्द र उर्जा दिने सामथ्र्य बोकेको छ ।

    तिहारको सन्दर्भमा यति उत्कृष्ट जनवादी म्युजिक भिडियो सार्वजनिक गर्नका लागि योगदान दिएकोमा रक्तिम सांस्कृतिक अभियान सुर्खेतका साथै यसमा योगदान दिने सम्पूर्णमा हार्दिक धन्यवाद, बधाई तथा सबैमा उत्तरोत्तर प्रगतिको शुभकामना दिन चाहन्छु । आश्रम म्युजिकको युट्युब च्यानलमा सर्च गरेर सहजै हेर्न सकिने यो जनवादी म्युजिक भिडियो “माइती” ले बढीभन्दा बढी दर्शक स्रोताको मन जित्न सफल बनोस् ।

    मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.