• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सारङ्गी बोकेर हिँड्दाका सम्झना


  •   सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित
  • मिनबहादुर राना

    Advertisement

    हुन त सिकेर कहिल्यै सकिँदैन । सानैमा सारङ्गी बजाउन सिकेँ । अचेल सारङ्गी पनि सहर पसेको छ । गाउँमा ताता समाचार र नयाँ भाका एफएम तथा टिभीले पुर्याउँछन् । सारङ्गी कतिसम्म दुर्लभ भएछ भने मान्छेहरू सारङ्गी देखेर छक्क पर्छन् । यस आलेखमा मैले सारङ्गी बोकर हिँड्दाका सम्झना प्रस्तुत गर्दै छु ।

    सारङ्गी बजाउने भोक किन जाग्यो ? म आफै अचम्ममा पर्छु । आमाले छोरो गाइने हुने भयो भनेर मेरो सारङ्गी कहिले अगेनामा जलाइदिने, कहिले फाल्दिने गर्नुहुन्थ्यो । आज मुढा काटेर ताछ्न सुरु गरेँ भने अर्को दिन त बजाउन मिल्ने बनाइहाल्थेँ । आफूलाई बजाउन मन लागेपछि त मैले रातमा पनि बत्ती बालेर मुडा ट्वाकट्वाक र ठ्याकठ्याक पार्न थाल्थेँ । बनाउँदै जाँदा हेर्दै रहरलाग्दा सारङ्गी पनि बनाउन सक्ने भएँ ।

    ५ कक्षामा पढ्दाको कुरा हो । बागलुङको हुग्दिशिर मादल बनाउन जाँदा सातदोबाटोमा बास बस्नुपर्ने भयो । त्यहाँ नरेन्द्र पुनको घडी पसल थियो । उनको पसलमा अति राम्रो सारङ्गी झुण्ड्याइएको थियो । नरेन्द्र पुन हेर्दै ठाडै निल्ला झैँ थिए : लामा लामा कपाल पालेका, कालो अग्लो र जिउ लागेको । हामीले सारङ्गी बजाउन भन्नै सकेनौँ । धेरै बेर त्यही पसलमा बसेको देखेर होला, उनले सारङ्गी झिकेर बजाउन सुरु गरे । सुरिलो आवाजमा गीत गाएर सुनाए । बजाएको देखेर मैले उनलाई हिमालय युवा परिवारको कार्यक्रममा पनि बोलाउन लगाएँ । हाम्रा दाइहरूले मान्नुभयो । उनी आएर शिवरात्रीको यौटा कार्यक्रममा खुब रमाइलो गरे । त्यति बेलै मैले उनको सारङ्गी हातले नापेँ र पछि यौटा सारङ्गी बनाएर बजाउन सुरु गरेँ ।

    मैले सारङ्गी बजाउन सिक्ने बेलामा एक जना गाइने दाइले मलाई सिकाउन धेरै मिहिनेत गरेका थिए । उनको आँखा कमजोर थियो । आँखामा ट्रकोमा लागेको थियो । बाटोमा हिँड्दा आँखा छोपेर हिँड्थे । मैले दिउँसो एक एक हाफ् सुकुटी र लोक्कल खुलाइदिन्थेँ र भन्थेँ– दिउँसोभरि जता गए पनि साँझ मेरोमा बस्न आउनुहोला । जब साँझ गाइने आउँथे, हाम्रो अखण्ड गानाबजाना चल्थ्यो । उनको गीत हृदयबाट गाइएको हुन्थ्यो । उनको गीत हाम्रो मनमा फूलजस्तै सुन्दर भएर बस्थे । उनले गाएको सुन्दा त क्यासेटका गीत गीतजस्ता नै हुँदैनथे । ‘यसको साथी पनि कस्ता कस्ता हुन्छन् ? जोगी, गाइने, पागल र माग्नेको त यसको सङ्गत छ । गतिलो मान्छे हो र यो ? आफू त सुत्दैन सुत्दैन, हामीलाई पनि सुत्न दिँदैन’ भन्दै हाम्रो बा खुब गाली गर्थे । उनै गाइने दाइले सारङ्गीको तार मिलाउन सिकाए । तार मिलेपछि त बजाउन सजिलै हुने रहेछ ।

    यति बेला ती वन चरी, ती मन कवि, आँखाका रोगी मेरा गुरु ! कता छन् होला ? यति बेला उनलाई भेट्न सके मैले उनको आँखाको उपचारका लागि अभियान नै चलाउँथे होला । उनको आँखा सन्चो पार्न सके कति ठुलो गुरुभेटी हुँदो हो ।

    कुनै जमाना यस्तो थियो । हातमा मोबाइल लिएर हिँड्नु पनि ठुलै मानिन्थ्यो । पहाडतिर जिएसएम सिमले काम गर्दैनथ्यो, सिडिएमए सिमले मात्र कतै कतै काम गथ्र्यो । त्यसैले दुई वटा मोबाइल बोक्नुपर्ने बाध्यता थियो । सुनौलीबाट सामान किनेर फर्कने बेलामा एक जना गाइने दाइ म चढेको बसमा चढेर गीत फलाक्न थाले । फलाक्दाफलाक्दै उनले पैसा माग्न थाले । पैसा दिने पालो मेरो आयो । मलाई सारङ्गीको गजोले छुँदै गीत गाउन थाले । मैले ‘दाइ, म पनि गाइने हो । एउटा जोगीले अर्को जोगीलाई भिक्षा दिएको कहिलै देख्याछौ ?’ भनेँ ।

    गाइने दाइले जिस्किए झ¹ मानेछन् क्यारे, पत्याएनन् । एउटा त्यस्तै त्यति बेला त्यत्ति नचलेको तर राम्रो गीत गाउन भनेँ । कस्ता गीत कस्ता ठाउँमा गाउन बजाउन गाह्रो हुन्छ भनेर ख्याल गरेर त्यस्तै खोँचे थापेर गाउँदै बजाउँदै हिँड्ने मान्छे म । नचलेको गीत त प्रायः ले सुन्न पनि भ्याएका हुँदैनन् भन्ने थाहा थियो । उनले पनि सुनेका रै’नछन्, अलमलिए । ‘मैले बाजी जित्दै छु’ भन्ने लाग्यो । उनीसित सारङ्गी मागेर बजाउँदै त्यही उनले नजानेको गीत मैले गाउन थालेँ र गाइने दाइलाई ‘ल पैसा उठाउनुस्’ भनेँ । एक छिन मेरो ताल हेरेर बिचरा गाइने दाइ आफ्नो सारङ्गी मेरो हातबाट खोसेर बसबाट झरे । यसरी जिस्कँदा कसैको पेटमा लात पर्ला भन्ने नसोचेकोमा पछि सम्झेर मलाई ग्लानी भयो ।

    एक दिन म कतै कार्यक्रममा जान तयार भएर निस्किएको थिएँ । साथीले मलाई लिन आउन ढिला गरे । म आफ्नो डेरा बस्ने घरको पेटीमा बसेर समय कटाउने बाटो सारङ्गी बजाउँदै गीत गाउन थालेँ । केही टिपटप सोल्टाहरू पर पुग्दासम्म मलाई हेर्दै गए । अर्को चोकमा गएर एक जना अङ्कलसित कस्तो ह्यान्डसम गाइने आएको रहेछ भनेछन् । अङ्कल मलाई राम्रारी चिनेकै मान्छे पर्नुभएछ । त्यस दिनदेखि अङ्कलले मलाई जहिले पनि ‘हयान्डसम गाइने’ भनेर हैरान ।

    तिहारको बेला थियो । भैलो खेल्दै हामी गुल्मीको मसरा गाउँमा पुगेका थियौँ । भैलो हेर्नेहरूको ठुलै भिड जम्मा भएको थियो । त्यति बेला माओवादी भनेर उभिन सक्ने मान्छे गाउँमा ठुलै मानिन्थ्यो । हामीसित अलिकता मतभेद पनि भएकाले माओवादी साथीहरूले हामीलाई हेर्ने दृष्टिकोण अर्कै थियो । मैले सारङ्गी बोकेको देखेर एक जना माओवादीको टोलस्तरीय नेताले ‘ल, सारङगी बजा, म नाच्छु’ भन्दै झम्केझोलको पारा देखाए । मैले केही नभनेर एउटा त्यस्तै मच्चिँदै नाच्न नमिल्ने गीत बजाएँ । उनले ‘होइन अर्को बजा’ भन्न थाले । ‘हजुरलाई नाच्न नआउँदो रै’छ’ मैले जिस्कँदै भनेँ ।

    ज्या त्यसपछि पो उनको चटक हेर्नलायक भयो त ! हुँदा हुँदा उनी त मसित बाजी राख्न तयार भए । दर्शकले पनि उनलाई उल्काए । म पनि आफ्नो दाउ हेर्दै थिएँ । कुरैकुरामा दश हजारको बाजी राखियो । मैले सर्त राखेँ, तीन वटा गीत बजाउँछु, त्यसमा नाच्न नसके मेरो जित । उनले पनि हुन्छ भनेर पाखुरा सुर्काउँदै कस्सिए । दर्शक सबैलाई साक्षी राखेर मैले सुरुमा मैले झलकमान बाजेको ‘आमैले सोध्लिन्…’ गाएँ । उनले अर्को बजा भने । त्यसपछि मैले लक्ष्मण रायमाझी दाइको ‘नमुछे आमा दहीमा टीका…’ गाएँ । नेताजीले त्यो पनि भएन भने । अब अन्तिममा मैले ‘बर्खायाम एक दिन…’ भन्ने कर्खा भाकाको कविता गाइदिएँ । उनी त्यसमा पनि नाच्न सकेनन् । हिसाबअनुसार मेरो जित भयो । उनी पैसा दिन राजी भएनन् । झ्याली भयो भन्न थाले ।

    अब के गर्ने ? मैले सबै दर्शकसित हात फिँजाएँ– ‘लौ हजुर, यो गाइनेलाई तिहारको बेलामा पनि बाजी जितेको पैसा दिएनन् । मैले हारेको भए यहाँ मलाई कस्तरी नाङ्गेझार पारिन्थ्यो । मेरो खल्ती च्यातिन्थ्यो । लौ विष्ट हो, मलाई न्याय दिलाउनुहोस् । पाल्ने पनि हजुरहरू नै हो, फाल्ने पनि हजुरहरू नै हुनुहुन्छ । मेरो त तिहार नै अँध्यारो हुने भयो…’ यस्तै भन्दै मैले विलाप गर्न थालेँ । भेला भएका सबैले ‘हारेपछि त जित्नेलाई जितौरे दिनै त प¥यो नि त नेताज्यू’ भन्न थाले । नेताज्यू हायलकायल भए । कुरो के रै’छ भने उनीसित दश हजार रुपियाँ नै रै’नछ । गोजीबाट चार हजार निकालेर मेरो गोजीमा राखिदिँदै त्यहाँबाट भागे । एकै पटकमा चार हजार झरेको र हामीलाई अवरोध गर्न खोज्ने मान्छे हारेर भागेकोमा साथीहरू खुसी हुनुभयो ।

    पछि थाहा भयो, कामरेड साँच्चिकैका रसिला र कसिला कामरेड रहेछन् । मात्र तिहारको रौनकमा भेटिएर मात्र रहेछ । उनका क्रान्तिकारी कहानी पनि धेरै रमाइला छन् । कुनै बेला पस्का¹ला । उनलाई म नेताकै हैसियतमा सम्मान गर्छु ।

    क्रान्तिमा लागेका मान्छे, युद्धकालको बेला थियो । तिहारको बेला आर्थिकले कसलाई कहिले पो पुगेको छ र ? जति क्रान्तिकारी भए पनि छिमेकको घरबाट अनेक ब्यञ्जनको वासना आउँदा बालबच्चाले ‘हामी क्रान्तिकारी हौँ’ भनेर नखाएर बस्न मान्दैनन् । तिहार मनाउने पैसा त्यत्ति थियो होला । पछि उनको बारेमा कुरा हुँदा उनीबाट त्यो पैसा नलिएको भए हुन्थ्यो भन्ने लाग्यो । उनका छोराछोरीको तिहारको चिचिचिउरा खोसिदिएकोमा सारै पछुतो भयो ।

    एक दिन म कार्यक्रममा जान सारङ्गी बोकेर गाडीमा जाँदै थिएँ । गाडीमा हिँड्दा प्रायः पढ्ने बानी छ मेरो । सधैँ झैँ मैले झोलाबाट किताब झिकेर पढ्न थालेँ । मैले उत्तर कोरियाली योद्दा री इन मो जीवनीको किताब दोहो¥याएर पढ्दै थिएँ । गाडीका साहु उर्फ कन्टेक्टर आएर पहिला त उनले वरिपरिका अरु यात्रुसित भाडा मागे । मैले उनले नमाग्दै पाँच सयको नोट झिकेँ । आफू पुग्ने ठाउँ बताउँदै त्यो नोट उनको हातमा राखिदिएँ । उनले फिर्ता गर्ने सुर गरेनन् । ‘फर्काइहाल्लान् नि !’ भनेर म पढ्न मै व्यस्त हुन थालेँ । केही पछि साहु उर्फ कन्टेक्टरले मेरो फिर्ता गर्नुपर्ने पैसा दिए, मैले लिएँ र गोजीमा राख¸ । एक्कासी उनले मलाई ब्यङ्ग्य गर्न थाले ।

    साहु : (हकार्ने हिसाबले) के हुन्छ किताब पढेर ? किन पढ्नुप¥यो किताब ?

    म : … … …

    मैले उनको कुरा सुने पनि नसुने झेँ गरेर किताबमै आँखा गाडिरहेँ । उनको फुर्ती पनि हेर्नलायक थियो । त्यसैले उनले त्यो पारा जारी राखुन भन्ने मेरो चाहना थियो ।

    साहु : (मेरो हातबाट किताब तान्दै) के छ यसमा ? खै हामी पनि पढम् त ’ राम्रा राम्रा तरुनीको साप्रा देखाएको फोटो भएको किताब छैन ?

    म : (मेरो पारा तातेर आयो अनायसै) तपाईंको यो बसलाई कति पर्छ ?

    साहु : (सहजै) बाइस लाख पाए आजै बैना गरिदिन्छु ।

    म : हुन त यसको छ रुपियाँ मूल्य लेखेको छ; तर बाइस होइन, पचास लाख हालेर पनि यो किताब तपाईंले बजारमा पाउनुहुन्न । तपाईंको जस्ता थोत्रा गाडी त खोल्साखाल्सीमा पनि पाइन्छ । (रिस उठेपछिको पारा त हो नि) अनि, तपाईंको छोरा छ ?

    साहु : छ । पढ्दै छ ।

    म : स्कुल कि क्याम्पस ?

    साहू : स्कुल होइन । क्याम्पस पढ्छ ।

    म : उसले पनि क्याम्पसमा त्यस्तै तरुनीले साप्रा देखाएको फोटो छापिएको किताब पढ्छ ?

    साहु : त्यो अकै कुरा हो ।

    म : के अर्कै कुरा ? म पनि त तपाईंको छोराजस्तै त हो नि ? तपाईंको छोराले त्यस्तै किताब खोज्दै हिँड्न थाल्यो भने तपाईंलाई कस्तो होला ? मैले पढ्दा तपाईंको यत्रो टाउकोदुखाइ किन ? मैले पढ्नै नहुने ? तपाईंको छोराले मात्र पढ्नुपर्ने ? तपाईंले अहिलेसम्म जीवनमा कुनै किताब पूरै पढ्नुभएको छ ? कुनै एक पाठ दोहो¥याएर पढ्नुभएको छ ? दश मिनेट कुनै बौद्धिक भाषण सुन्नुभएको छ ? (साहु चुपचाप थिए । मेरो पारा अझै तात्दै गयो ।) बिहान–बिहान आउने धार्मिक कार्यक्रम राम्ररी सुन्नुभएको छ ? साहु भएर पनि खलासी त्यसै बन्नुभएको छ त ? म तपाईंले सोचेको जस्तो मान्छे होइन । विचार गरेर बोल्नुहोला । अर्काको किताब तान्न आउने होइन । पैसा पाउनुभयो, हाम्रो हिसाब मिल्यो,अब समयमै ठेगानमा पु¥याउनुस् । कुरा पनि सकियो । ढोकामा गएर बस्ने, आफ्नो काम गर्ने, आफ्नो मानो खाने मर्ने, र जाने । किन अर्कासित किचकिच ?

    उनी फेरि बोल्न आए । मलाई नरिसाउन भने । परिचय गर्न खोजे । खाना खाने ठाउँमा उनले भाइको खानाको पैसा म मिलाउँछु भन्दै थिए, मैले मानिनँ । उनले आफूले पाउने केकेमा मैले खाएको खानाको हिसाब पनि मिलाएछन् । साहुले मेरो पैसा समात्नै मानेनन् ।

    एक पटक म लिम्घातिरबाट उकालो हिँडेर मसिनामा मावल बाजेको घरमा पसेर घर जाने सुरमा थिएँ । उकालो हिँडेको थकाइ लागेको थियो । मसिनाको दहबाट यस्सो तल झरेपछि पानीको धारो आउँछ । त्यही धारोमा पुग्दा एक जना बजैले पानी भर्दै थिइन् । डोकोमा भरीगाग्रो बोक्नै लाग्दा म पानी पिएर निस्कनुपर्ने भयो । मैले ‘खै खै बजै छोइएला ! जे भा पनि म त आफ्नो धर्ममा बस्न रुचाउँछु । आफ्नो ठाउँमा बसे आफ्नो धर्म त कता जान्छ र ? फेरि छोइएला… …’ भन¸ । बिचरा बजैले नसकी–नसकी छिटो छिटो पानी भरिएको गाग्रोसहितको डोको बोकेर मतिर फर्किइन् र खुसी हुँदै भनिन्– ‘छ्या बरा, कसको छोरा होला ? कति जाती रैछ है ।’ म मनमनै हाँस्दै मेरा मावल बाजे पाँचहाते राहाडीको घरमा पुगेँ । हाँसो खटाउन नसकेर त्यही कुरा बाजेसित भनेँ ।

    ‘तँलाई मरेको स्याल, बजैलाई सजिलो गरी पानी बोकाएर पठाउन छाडेर गाइने हुँ भन्दै झुक्याएर आइस् ? खुब गरिछस् । नसक्ने हुँदा कस्तो हुन्छ, थाहा पाउने दिन पनि आउँछ तेरो, त्यति बेला चाल पाउलास्, केको त्यस्तो कुरामा पनि ठट्टा गरेर हिँड्छस् ?’ भनेर हकारे ।
    साँच्ची मैले त बुढीमान्छेलाई सहयोग गर्नुपर्नेमा झनै अत्याएछु । त्यत्रो भरीगाग्री कतै बोक्ने बेलामा हतार गर्दा लडेको भए कत्रो नास हुन्थ्यो ? नाती भोकाएर आएको छ भनेर बज्यैले जौको आटो र आलु र ठोट्नेको साँग पकाएर खान दिइन् । खाना खाँदा पनि मैले बुढाबुढीले दुःख गरेर उब्जाएको भन्ने लागेर खानै सकिनँ ।

    यौटा मगरको छोरो सारङ्गी बोकेर हिँड्ने । मान्छेले गाइने आयो भनेर त्यस्तै व्यवहार पनि गरे । आफन्त र छिमेकी मैले सारङ्गी सिक्दाका क्याँ क्याँ सुनेर कति वाक्क भए । उनीहरूले भनेको कुरा सबै त म भन्न सक्दिनँ । यौटा छिमेकी बुढाले ‘कवि हुँ भन्छ, दुनियाँको गण्डकी जम्मा गर्छ । आफू त बौलायो–बौलायो, हाम्लाई समेत शान्त बस्न दिएन (हातले नराम्रो कुराको इसारा गर्दै) इस् तेरो कविता, यौटाले सबै गर्छु भनेर पनि हुन्छ । पहिला–पहिला बिहान–बिहान भट्याएर हैरान पाथ्र्याे । (स्कुले जीवनमा बिहान–बिहान राम्रा कविता सबैले सुन्ने गरी पढ्ने गथर्¸ ।) अचेल सारङ्गीको क्यारक्यारले हैरान छ ।’

    झम्केझोलको झोँकमा भनेजस्तो गरेर मलाई गाली गर्थे । कतिसम्म भने पनि यौटा कार्यक्रममा दौरा–सुरवाल लगाएर सारङ्गी बोकेर जाँदा कोही गायक साथी खिसी गरेर हो या किन हो, मलाई हेरेर बेसरी हाँसे । मादल, गिटार वा अरू बाजा बोकेर गएको भए उनी त्यसरी हाँस्दैनथे होला । हाम्रा कलाकारमा पनि सारङ्गी बोक्दा र बजाउँदा सानो भइन्छ भन्ने भावना हराउन सकेको छैन । कुनै ठाउँमा मान्छेको घरमा केही नभनेर पिँढीमा बसेर सारङ्गी बजाउँदा दान दिनुपर्छ भनेर भित्रबाट बाहिर नै ननिस्केको पनि धेरै सम्झना छ ।

    एक दिन म तिजको कार्यक्रममा बुटवल बहुमुखीमा सारङ्गी र मादल बोकेर गएँ । माइक नपुगेपछि सारङ्गी बजाइएन । मञ्चमा सारगी राखेर म मान्छेको भिडमा स्वयम्सेवक टिमसित काममा लागेँ । कार्यक्रम सकिएपछि त मेरो सारङ्गी हराएछ । कसैले खोज्ने वास्ता नै गरेनन्; मानौँ, मेरो सारङ्गी त कुनै सामान नै होइनजस्तो गराए । केही पाखण्डमा रमाउने साथीले मलाई उल्टै घोचपेच गरे । हाम्रा केही साथीमा अरूको मर्म बुझ्ने क्षमता नै छैन । आफ्नो भए त फेरि कसो गर्छन् ! धेरैपछि त्यो सारङ्गी एक जनाले बसपार्कमा बोकेर हिँडेको देखेँ ।

    कति सम्झना लेखमा समेट्दा आफ्नो गनगन थोपरे झैँ होला, त्यसैले यत्ति लेखेँ ।

    सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.