धनगढी । कैलालीको चुरे गाउँपालिकामा प्रतिनिधित्व गर्ने दुई जनप्रतिनिधिलाई सत्तारुढ नेकपाले पार्टी सदस्यताबाट निष्काशित गरेको छ ।
Advertisement
अश्लील अडियो काण्डमा मुछिएपछि गाउँपालिका वडा नम्बर १ का वडा सदस्य पदम धामी र दलित महिला वडा सदस्य बिर्मा नेपालीलाई साधारण सदस्यसमेत नरहेने गरी निष्काशित गरिएको हो ।
उनीहरुबीचको अश्लील अडियो बाहिरिएपछि वडा कमिटीको सिफारिसमा पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित गरिएको नेकपा चुरे गाउँपालिकाले जनाएको छ । गाउँ कमिटीका अध्यक्ष दान महराका अनुसार उनीहरुलाई वडा कार्यालयबाटसमेत कारवाहीका लागि सिफरिस गरिएका छ ।
केही महिना अघि सडकको अनुगमन गर्न गएका बेला वडा सदस्यद्वय धामी र नेपालीबीच भएको अन्तरंग संवादको अडियो बाहिरिएको थियो ।