धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष एवं नगर प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
Advertisement
७३ वर्षीय शाहको आज (शुक्रबार) बिहान मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि वडाध्यक्ष शाहलाई १२ कार्तिकदेखि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कडा खालको निमोनियाको समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।