• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

नेपालविरुद्ध आक्रामक अभिव्यक्ति दिएर विवादित नरवणे आज नेपाल आउँदै


  •   बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित
  • काठमाडौं । भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नरवणे ४ सदस्यीय प्रतिनिधिमण्डलसहित बुधबार काठमाडौं आउन लागेका हुन् ।

    Advertisement

    उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ ।

    नेपालले कालापानी लिपुलेक र लिम्पियाधुरासहितको भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसविरुद्ध आक्रामक अभिव्यक्ति दिएर विवादमा आएका नरवणे नेपाली सेनाको ‘मानार्थ महारथी’ को पद धारण गर्न नेपाल आउन लागेका हुन् । उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदवी दिने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ ।

    नरवणेले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छैनन्, न त कुनै पश्चाताप नै जनाएका छन् । तैपनि उनलाई किन नेपाली सेनाको मानार्थ महारथी बनाउन खोजिएको हो भन्ने विषयले आम नेपालीलाई चिन्तित तुल्याएको छ । आम सर्वसाधारण र बुद्धिजीवीहरुले भारतीय सेना प्रमुखलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ बनाउने परम्परा नै खारेज गर्न माग गरिरहेका बेला सरकारले विवादित व्यक्तिलाई सो पदवी दिन लागेको हो।

    यता, नरवणेको नेपाल भ्रमणका क्रममा उनीविरुद्ध कुनै गतिविधि गर्न नदिन प्रहरी सक्रिय भएको छ । मंगलबार अपरान्ह सैनिक मुख्यालयमा सबै सुरक्षा निकायबीच भएको छलफललगत्तै प्रहरीले उनका विरोधीको खोजी तीब्र बनाएको जनाइएको छ ।

    सोमबार लेखक, प्राध्यापक तथा सांस्कृतिकर्मीसहित ९३ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै नरवणेको नेपाल भ्रमण रद्द गर्न माग गरेका थिए । नरवणेको भ्रमणका क्रममा कुनै समूहले सडकमा कालोझण्डा देखाउन सक्ने तथा अन्य विरोधी गतिविधि हुन सक्ने भन्दै उनी हिंड्ने सडकमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । नेपाली सेनाले नरवणे भ्रमणको क्रममा प्रयोग हुने रुटबारे सुरक्षा अधिकारीलाई मात्रै जानकारी गराएको छ ।

    नरवणे बस्ने होटल सोल्टीमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ। बुधबार अपरान्ह विशेष विमानमार्फत आउन लागेका नरवणे होटल सोल्टीमा चेक इन गरेपछि पशुपति दर्शनमा निस्कने छन् ।

    उनले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई चार वटा एम्बुलेन्स तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँगै, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।

    नेपाली सेनाको महारथीको दर्जानी चिन्ह भने नरवणेलाई बिहीबार प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारीगरेपछि नेपालले कसैको उक्साहटमा लागेर गरेको अभिव्यक्ति नरवणेले दिएका थिए ।

    भ्रमणको पूर्व सन्ध्यामा नेपाललाई एक अर्ब सहयोग
    भारतले नरवणेको नेपाल भ्रमणको ठिक एक दिन अघि मंगलबार नेपाललाई एक अर्ब रुपैयाँ प्रदान गरेको छ । पाँच वर्षअघि आएको महाभुकम्पमा परी ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माणका लागि भारत सरकारले गरेको प्रतिबद्धताअनुसार गोरखा र नुवाकोटमा आवास पुनर्निर्माणका लागि सो सहयोग प्रदान गरेको बताइएको छ ।

    भारतीय अनुदानस्वरूप गरिएको एक अर्ब नेपाली रुपैयाँको सो चेक नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई मंगलबार हस्तान्तरण गरेका थिए ।

    भूकम्प गएको लगत्तै भारतले नेपालविरुद्ध पाँच महिना लामो नाकाबन्दी लगाएको थियो । तर, भूकम्प गएको पाँच वर्षपछि भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणको अघिल्लो दिन भारतले नेपाललाई पुनर्निर्माणका लागि भन्दै एक अर्ब सहयोग गर्नुलाई पनि आन्तरिक लेनदेन हुनसक्ने शंकाको रुपमा हेरिएको छ ।

    सरकारले हालै लिपुलेक लगायतको अतित्रलमित भूमि समेटिएको पाठ्यपुस्तक अध्यापनमा रोक लगाइसकेको छ भने हालै भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामान्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गोप्य भेटवार्ता गरेका छन् । भेटमा के के कुरा भयो भन्नेबारे खुलाइएको छैन ।

    यो पनिः नरवणे जस्तो नेपाल विरोधीलाई यहाँ ल्याएर पुज्न जरुरी छ ?

    बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.