• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

प्रहरी जवानद्वारा बालिका बलात्कृत, हत्या प्रयास


  •   सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित
  • विमल विष्ट, डोटी ।
    समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध! सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् तर यस्ता कुकर्ममा सम्लग्नलाई कानूनी कठघरामा उभ्याउने काम पनि तिनै सुरक्षा निकायबाट हुँदै आएको छ।

    Advertisement

    डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा मुछिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि मर्यादामा प्रश्न उब्जाइदिएको छ । डोटीको जोरायल गाउँपालिका–५ गडसेरास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह बालिका बलात्कारमा मुछिएका छन् । उनीविरुद्ध किटानी जाहेरी परेपछि उनीविरुद्ध कानूनबमोजिम मुद्दा चल्ने भएको छ ।

    प्रहरी जवान सिंहले जोरायल गाउँपालिका–५ गडसेरा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आज जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बालिकालाई विवाह गर्ने प्रलोभन देखाइ बलात्कार गरेको भन्ने पीडितको उजुरीका आधारमा प्रहरी जवानविरुद्ध मुद्दा दर्ता भएको हो ।

    प्रहरी जवान सिंहले यही कातिक १३ गते राति बालिकालाई उनी सुतेकै कोठामा गएर बलात्कारपछि घिसार्दै लगेर रुखमा झुण्ड्याएर हत्याको प्रयास गरेको पीडित बालिकाका आफन्तले आरोप लगाएका छन् । हत्या प्रयासबारे त्यस रात पीडितका पिताले थाहा नपाएका भए ती बालिकाको अकालमा ज्यान जान सक्ने खतरा थियो ।

    पीडित बालिकाका पिताले भन्नुभयो, ‘सुनसान रात थियो, कोही चिच्चाएको जस्तो आवाज आयो, को रहेछ भनेर हेर्न जाँदा आफ्नै छोरीलाई उनको कुर्ताको दोपट्टा (सल) ले रुखमा झुण्डाएको अवस्थामा भेटेँ । हतारहतार गएर दोपट्टा काटेर बचायौँ ।’

    पीडित परिवार अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुगेको थियो । उपचारपश्चात् बालिकाको होस आएपछि आज बल्ल बलात्कारको मुद्दा दर्ता गर्न आएको पीडित परिवारले जनाएको छ ।

    ‘नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीबाट यस्तो हुन्छ भने अरुबाट के आश गर्नु ?, ती पिताले भन्नुभयो, ‘हामीले छिटो न्याय पाउनुपर्छ । दोषीलाई कडा कारबाही हुनुपर्छ ।’

    बालिकाको घाँटीमा दोपट्टाले लगाएको फाँसीको घाउ अहिलेसम्म स्पष्टै देख्न सकिन्छ । घटनाको सत्यतथ्य बुझ्न एक प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘बालिकाको घाटीमा फाँसी लगाएको घाउ देखिन्छ, प्रहरी जवानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरी छानबिनका लागि टोली खटाएको छु, अब मुद्धा चल्छ ।’

    निज प्रहरी जवानले बालिकालाई कुटपिट गरेका कारण उनको खुट्टामा पनि निलडाम देखिन्छ । आफूलाई प्रहरी जवान सिंहले विवाह गर्ने भन्दै सँधै फोन गर्ने गरेको पीडित बालिकाले आरोप लगाएकी छिन् ।

    चालु आर्थिक वर्षको यही कात्तिक १७ गतेसम्म जिल्लामा कूल छ वटा र गत आर्थिक वर्षमा सात वटा बलात्कारका घटनामा अनुसन्धान भई मुद्दा चलाइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । ती सबै घटनामा प्रहरीले अनुसन्धान गरी अदालतमा पेश गरी पूर्पक्षका लागि पीडकहरु कारागार चलान भएका छन् ।

    विगतमा गाउँगाउँमा प्रहरी चौकी नहुने भएकाले उजुरी नआउने तथा घटना सार्वजनिक नहुने भएकाले पछिल्लो समयमा बलात्कारका घटनामा वृद्धि हुँदै आएको प्रहरीले जनाएको छ । जघन्य अपराधबाहेकका सामाजिक झैँ झगडा र विवादमा विषय स्थानीय तहका स्थानीय न्यायिक समितिका इजलाशमा बहश भई निर्णय हुने गरेका छन् । सक्रियता र प्रभावकारिताका दृष्टिमा जिल्लाको जोरायल गाउँपालिकाको स्थानीय न्यायिक समिति सुदूरपश्चिम प्रदेशकै नमूना न्यायिक समिति मानिन्छ ।

    सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.