खिमराज चालिसे
Advertisement
हिसार (भारत) । हरियाणा राज्यको हिसारमा एक नेपाली बालक सौरव पोख्रेललाई मोटरसाइकलले अक्टोबर २७, २०२० का दिन ठक्कर दिँदा खुट्टा भाँचिएको छ ।
ती बालक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिअन्तर्गत सिटी एरिया बी अनाजमन्डी टोल समितिका अध्यक्ष विष्णुप्रसाद पोख्रेलको आठ वर्षीय छोरा हुन् ।
सो सम्बन्धमा सिभिल अस्पतालमा हिसारमा मेडिकल जाँच गराइ अनाजमण्डी हिसार चौकीमा रिपोर्ट दर्ता गराइएको छ। २८ अक्टोबरका दिन निज बालकको जिन्दल हस्पिटल हिसारमा अपरेसन पनि भइसकेको छ ।
दुर्घटनामा संलग्न आरोपीको परिचय खुलेको र बालकको उपचार खर्चको लागि पहल भइरहेको जानकारी मूल प्रवाह हिसार नगर समितिका सचिव तारा सोमरे दिनुभएको छ।