काठमाडौं । पत्रकार गोपाल सिवाको कोरोना संक्रमणबाट निधन भएको छ । हाम्रो संचार डटकमका पूर्व प्रधानसम्पादक सिवाको कोरोना संक्रमणका कारण गत सोमबार बेलुका ११ बजे निधन भएको हो ।
Advertisement
उहाँको कार्तिक १० गते टिकाको दिन निधन भएको पारिवारिक स्रोतलाई उदृत गर्दै हाम्रो संचार डटकमले पुष्टि गरेको छ।
केही दिन पहिला उहाँकी धर्मपत्नी र उहाँलाई कोरोना संक्रमण पुष्टि भएको गत अक्टोबर २० का दिन आफ्नै फेसबुक सञ्जाल मार्फत जानाकारी दिनुभएको थियो।

काठमाडौंको पेप्सीकोला घर भएका मृतक गोपाल शिवा खाडी मुलुक कुवेतमा रहँदा पत्रकार महासंघ लगायत विभिन्न संस्थाहरुमा आवद्ध भई विभिन्न सामाजिक कार्यहरुमा सक्रिय हुनुहुन्थ्यो । उहाँ जातीय विभेदविरुद्ध कलम चलाउने सशक्त अभियन्ता हुनुहुन्थ्यो ।